
गोरखकाली मन्दिरमा केबलकार योजना बन्दै : मेयर पन्त
गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले गोरखकाली मन्दिरमा केबलकार सञ्चालन गर्ने बताएका छन् । जिल्लामा आन्तरीक र बाह्य पर्यटकको आकर्षण बढाउनुका साथै पर्यटन प्रबद्र्धनका लागि गोरखा बजारदेखि गोरखकाली मन्दिरसम्म केबलकार सञ्चालन गर्ने योजना रहेको उनले बताए।
गोरखा सदरमुकामको खेल मैदानमा दशौं गोरखा महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै उनले केबलकार सञ्चालनका लागि सम्भाब्यता अध्ययन गर्ने जानकारी दिए । ‘बजारदेखि मन्दिरसम्म केबलकार सञ्चालनका लागि हामी सम्भाब्यता अध्ययन गर्दैछौ’ उनले भने ‘धार्मिक पर्यटकलाई सहज रुपमा मन्दिर पुग्ने वातावरण बनाउने हाम्रो लक्ष्य हो । जिल्लाको पर्यटन प्रबद्र्धनका लागि निजि क्षेत्रलाई पनि सहकार्य गर्न आब्हान गर्दछु ।’ मेयर पन्तले जिल्लामा पर्यटन प्रबद्र्धनका लागि महोत्सवले सघाएको बताउदै गोरखा नगरपालिकाले पर्यटन प्रबद्र्धनका लागी विभिन्न योजना ल्याएको सुनाए । ‘पश्चिमकालीदेखी रानीवनसम्मको क्षेत्रलाई धार्मिक पर्यटनका हिसाबले विकास गर्ने तयारी भैरहेको छ’ उनले भने ‘जिल्लाका महत्वपुर्ण ब्यक्तित्वहरु विसे नगर्जीको सालिक स्थापना गरिसकेका छौ, भिमसेन थापाको सालिक बैशाख १ गते स्थापना गर्नेगरि तयारी हुँदैछ । लखन थापाको शालिक बनिसकेको छ ।’
उद्योग वाणिज्य संघ गोरखाको आयोजनामा पुष ५ गतेदेखि जारी दशौं गोरखा महोत्सव एवम् प्रदेश स्तरीय कृषि, पर्यटन तथा ब्यापार मेला समापनका अबसरमा राष्टिूय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष मिनाकुमारी गुरुङलाई सम्मान गरिएको छ । जिल्लामा लोक तथा दोहोरी गित क्षेत्रको विकासमा योगदान पु¥याएको भन्दै उनलाई सम्मान गरिएको हो ।
महोत्सव अबधिभर हास्य कलाकार मनोज गजुरेल, ज्योती काफ्ले, मरिचमान श्रेष्ठ(बल्छी धुर्बे), विष्णु सापकोटा(हर्के हवल्दार) लगायतले फरक फरक दिन प्रहसन प्रस्तुत गर्ने गरेका थिए । यस्तै लोक गायकहरु कुलेन्द्र विक, , पशुपति शर्मा, पुरुषोत्तम न्यौपाने, बद्री पंगेनी, राधिका हमाल , बबिता बानियाँ, सञ्जय गुरुङ, रञ्जित परियार, राजन गुरुङ, सम्झना लामीछाने लगायत लोकदोहोरी गायक गायिकाको पनि प्रस्तुतिमा दर्शकले मनोरञ्जन लिएका आयोजक गोरखा उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष भगवानबाबु मास्केले बताए ।
यस्तै लाक्पा शेर्पा, शंकर थापा, पूजा सुनुवार, किरण भुजेल, टिका प्रसाई, लेखराज गुरुङ लगायत आधुनिक तथा पप गायक गायिको प्रस्तुतीमा पनि दर्शकको उल्लेख्य सहभागिता रहेको थियो । महोत्सवमा रहेका एकसय १० स्टलमा स्थानीय तहका पहिचान झल्कने सामग्री, हस्तकलाका सामग्री, कृषि तथा पर्यटनसँग सम्बन्धित सामग्री सहित दैनिक उपभोग्य सामाग्री, फोटो प्रदर्शनी, खाना महोत्सव, अटोमोबाइलका सामाग्री राखिएका थिए ।
१० दिनसम्म चलेको महोत्सवमा करीब ५० हजार दर्शकले अबलोकन गरेका आयोजक उद्योग वाणिज्य संघ गोरखाका अध्यक्ष जिवनज्योती श्रेष्ठले जानकारी दिए । दशौं गोरखा महोत्सव अन्तरगत भएको गण्डकी प्रदेशस्तरीय लोकदोहोरी प्रतियोगितामा पर्वत पहिलो भएको छ । राष्टिूय लोक तथा दोहोरी प्रतिष्ठान पर्वत पहिलो र राष्टिूय लोक तथा दोहोरी प्रतिष्ठान नवलपुर दोस्रो भएका निर्णायक चन्द्र शर्माले जानकारी दिनुभयो । १२ समुहको सहभागिता रहेको प्रतियोगितामा राष्टिूय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादीङ र राष्टिूय लोक तथा दोहोरी गीत प्रतिष्ठान वाग्लुङ तेस्रो भएका छन् । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने समुहले क्रमश ः ४० हजार, २५ हजार र ११ हजार रुपैया सहित प्रमाणपत्र पुरस्कार पाएका छन् ।




