| आइतवार, कार्तिक २९, २०८३

विवादपछि चुमनुब्री गाउँपालिकाको हिउँदे अधिवेशन स्थगित

गाउँपालिकाकी उपप्रमुख कुमारी गुरुङले सार्बजनिक सुनुवाई नगरी गाउँसभा अघि बढ्न नदिने अडान राखेपछि चुमनुब्री गाउँपालिकाको हिउँदे अधिवेशन रोकिएको छ । बिहिबारका लागि आव्हान गरिएको गाउँसभा उपप्रमुखको अडानका कारण अनिश्चित कालका लागि स्थगित गर्नु परेको प्रमुख प्रशासकीय अधिकृत प्रदीप गिरीले जानकारी दिए ।
गाउँसभा तयारीका लागि बुधबार र बिहिबार पनि दुईबजेसम्म कार्यपालिकाको बैठक चलिरहेको थियो । ‘सौहार्दतापूर्वक दुवै दिनको बैठक सकियो र अब गाउँ सभा सुरु गर्ने भनेर लाग्यौं, तर उपप्रमुखले सार्बजनिक सुनुवाई नगरी गाउँसभा नगरौं भन्नु भयो’, उनले भने, ‘त्यसैले स्थगित गर्नुप¥यो । अब फेरि बैठक बसेर अर्को दिनका लागि गाउँसभा आव्हान गर्छौं ।’ गाउँसभा गर्नुअघि सार्वजनिक सुनुवाई गर्नुपर्ने प्रावधान भएकाले आफूले सार्वजनिक सुनुवाई माग गरेको उपप्रमुख गुरुङको भनाइ छ । ‘नियमअनुसार गाउँसभा गर्नुअघि सार्बजनिक सुनुवाई गर्नुपर्ने भएकाले मैले नियम अनुसार नै गरौं भनेको हुँ’, उनले भनिन्, ‘गाउँपालिकाको आयव्याय स्पष्ट रुपमा प्रस्तुत गर्न पनि माग गरेको हुँ ।’
गाउँसभा विधिवत रुपमा आव्हान नगरिएको वडा नं. ४ का अध्यक्ष पेमाडुण्डुप लामाको भनाइ छ । ‘एजेण्डासहित १५ दिनअघि नै गाउँसभा बोलाउनु पर्नेमा त्यसो गरिएन’, उनले भने, ‘जबर्जस्ती रुपमा अघि बढ्न खोजे, त्यसैले हामीले गाउँसभा रोकेका हौं ।’
प्रत्येक वडाले सार्बजनिक सुनुवाई गर्नुपर्नेमा नगरेकाले तत्काल सार्बजनिक सुनुवाई गर्न सम्भब नभएको गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङको भनाइ छ । ‘हामीले प्रत्येक वडालाई सार्बजनिक सुनुवाई गर्न भनेर २५ हजार रुपियाँका दरले बजेट निकासा गरिसकेका थियौं, तर उहाँहरुले गर्नुभएन’, उनले भने, ‘अब तत्काल सबै वडाले सार्बजनिक सुनुवाई गर्ने सम्भावना पनि छैन । त्यसैले अब सबैले सार्बजनिक सुनुवाई गर्छन्, अनि गाउँसभा आव्हान गरौंला ।’ गाउँसभा गर्ने कि रोक्ने भन्नेमा मत बिभाजित भएको थियो । काङ्ग्रेसबाट विजयी जनप्रतिनिधि हरु गाउँसभा गर्नुपर्छ भन्ने पक्षमा थिए भने नेकपाबाट विजयी जनप्रतिनिधिहरु रोक्नुपर्छ भन्ने पक्षमा रहेका थिए । गाउपालिकामा चालु आर्थिक बर्ष संघिय सरकार मार्फत २३ करोड रुपैयाँ बराबरका योजना कार्यान्वयनका चरणमा छन् । प्रदेश सरकारले सो गाउँपालिकाका लागि चालु आर्थिक बर्षको प्रथम त्रैमासिक अन्तरगत करीब २७ लाख रुपैयाँ निकासा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्