| सोमवार, अशोज २५, २०८३

आरुघाट–धादिङ जोड्ने मोटरेवल पुल बगाएपछि बेलिब्रिज राख्ने तयारी

बुढीगण्डकी नदीमा आएको लेदोसहितको बाढीले आरुघाट–धादिङ जोड्न मोटरेवल पुल बगाएपछि बेलिब्रिज राख्ने तयारी गरिएको छ । सडक डिजिभन कार्यालय हेटौडाबाट बेलिब्रिजको सामान ल्याउने तयारी भइरहेको गोरखा सडक योजनाले जनाएको छ ।

‘हेटौडाबाट सामान ल्याउने तयारी भइरहेको छ,’ कार्यालय प्रमुख बिनोद पुनले भने, ‘सम्भवत भोलिसम्म सामान आउला, आएलगतै काम सुरु हुन्छ ।’ बेलिब्रिज निर्माणका लागि सेनालाई जिम्मा दिने तयारी समेत भइरहेको उनले जानकारी दिए ।
बेलिब्रिज निर्माणका लागि आजैबाट टोलि फिल्डमा खटिसकेको नेपाली सेनाले जनाएको छ ।

सामान आएलगतै काम सुरु हुने रुद्रध्वज गणका गणपति बिरोध रिजालले बताए । ‘रेक्कीका लागि टोलि गइसकेको छ, हेटौडाबाट सामान आएलगतै काम सुरु हुन्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्