| शनिबार, कार्तिक ७, २०८३

नेकपा गोरखाका पदाधिकारी तथा पालिका प्रमुखहरुद्वारा प्रचण्डसंग भेटघाट

नेपाली कम्युष्टि पार्टी(नेकपा) गोरखाका पदाधिकारी, गोरखा निवासी केन्द्रीय सदस्य तथा नेकपाद्वारा विभिन्न पालिकाको नेतृत्व गरेकाहरुद्वारा पार्टी अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)संग भेटघाट गरेका छन् ।

गोरखा निवासी पार्टीका गण्डकी प्रदेश कमिटीका सहइञ्चार्ज हरिराज अधिकारी, जिल्ला निवासी केन्द्रीय सदस्यहरु, गोरखा जिल्ला इञ्चार्ज अमर तमु, तथा पार्टी पदाधिकारी र नेकपाले नेतृत्व गरेका विभिन्न अजिरकोटबाहेक आठवटा पालिका प्रमुख, उपप्रमुखहरुले अध्यक्ष प्रचण्डसंग भेटघाट गरेका हुन् ।

भेटका क्रममा अध्यक्ष प्रचण्डले गत निर्वाचनमा पराजित भए पनि जनतासंग निरन्तर जोडिरहन निर्देशन दिएका जिल्ला इञ्चार्ज अमर तमुले जानकारी दिए । ‘गत निर्वाचनपछि हाम्रो भेट भएको थिएन । त्यसैले हामीले समय मिलाएर भेटेका हौँ’, उनले भने, ‘उहाँले भेटका क्रममा निर्वाचनमा हारजीत हुनु स्वभाविक हो । एकफेरको हारजीत नै अन्तिम होइन । फेरि जित्न सकिन्छ त्यसैले निरन्तर जनतामाझ जोडिरहनु पर्छ भन्नुभयो ।’

गोरखा यसअघि पनि आफूहरुको बाहुल्य भएको जिल्ला भएकाले विरासत जोगाउन आग्रह गरेका उनले बताए । त्यस्तै अब आउने निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्ने गरी कसिलोसंग लाग्न पनि आग्रह गरेका उनले बताए ।

प्रतिक्रिया दिनुहोस्