
सरकारी उच्च अधिकारीको टोलीद्वारा चुमनुब्रीको निरीक्षण भ्रमण
दरौंदी समाचारदाता : जिल्लाका उच्च सरकारी अधिकारीको टोलीले गोरखाको हिमालपारि रहेको चुमनुब्री गाउँपालिकाको
निरीक्षण भ्रमण गरेका छन् ।
गत कात्तिक ११ गते आइतबारदेखि त्यसतर्फ गएको प्रमुख जिल्ला अधिकारीको नेतृत्वको टोली आठ दिनपछि आइतबार राती सदरमुकाम फर्केको हो ।
प्रजिअ नारायण प्रसाद भट्टरार्इ सहितको सो टोलीले चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिबासमा स्थानीय जनप्रतिनिधिसंग अन्तक्रिया गरेका थिए ।
गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङ, उपाध्यक्ष कुमारी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत प्रदीप गिरी, वडा अध्यक्ष रामकुमार गुरुङ लगायतले गाउँपालिकाको अबस्थाको बारेमा जानकारी गराएका थिए । सीमा क्षेत्रमा हुने गरेको वैध, अवैध गतिबिधि, निकासी पैठारीको क्रममा संकलन हुने राजस्वको अबस्थाको बारेमा छलफल भएको वडा नं. ६ र ७ का सचिव दीपक गुरुङले जान कारी दिए ।
त्यस्तै मनास्लु पदमार्गको सार्बजनिक जग्गामा भएको अतिक्रमणको अबस्था, पर्यटन पदमार्गमा हुने गरेको वैध, अवैध गतिबिधि, हेलिकोप्टर उँडानको क्रममा भएका वैध अवैध गतिबिधि तथा जटिलताको बारेमा, ज्येष्ठ नागरिक तथा अपांग परिचय पत्र बनाउने नयाँ व्यबस्थाको बारेमा, कर्मचारी अभावका कारण सो क्षेत्रका बासिन्दाले भोगेको समस्याको बारेमा पनि छलफल भएको थियो ।
त्यस्तै छेकम्पारको बाटोमा ठेकेदारले गरेको ढिलाइ, हेलिकोप्टर उँडान अनुमति, बाटोको समस्याका
कारण निर्माण सामग्री ढुवानी गर्न नसक्दा हुने गरेको विकास निर्माणमा ढिलाइ तथा दैनिक उपभोग्य सामानको अभाव लगायतका बिषयमा पनि छलफल भएका थिए ।
जिल्ला तहका उच्च अधिकारीले पदयात्राबाट चुमनुब्री गाउँ पालिकाका गाउँहरुको भ्रमण
गरेको यो पहिलो पटक हो । टोलीमा प्रमुख जिल्ला अधिकारी भट्टराई, प्रमुख कोष तथा लेखा नियन्त्रक श्रीधर ज्ञवली, प्रमुख अनुसन्धान अधिकृत सविन श्रेष्ठ लगायतको सहभागिता रहेको थियो




