
उत्तरी गोरखाको मतपेटिका बोकेको हेलिकप्टर पोखरामा ल्याण्ड
उत्तरी गोरखाको मतपेटिका बोकेर आएको नेपाली सेनाको हलिकप्टर पोखरामा आकस्मिक ल्याण्ड भएको छ ।
खराव मौसमका कारण गोरखा सदरमुकाममा ल्याण्ड हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त हेलिमा उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–१ स्थित गौरीशंकर आधारभूत बिद्यालय खाङसार र साम्दो आधारभूत बिद्यालय मतदान केन्द्रको मतपेटिका रहेको डिएसपी राजकुमार श्रेष्ठले बताए ।
‘उत्तरी गोरखाको २३ वटा मतदान केन्द्रमध्ये पहिलो लटमा ७ वटा मतदान केन्द्रको मतपेटिका आयो,’ उनले भने, ‘दोस्रो लट लिएर आउँदा गोरखा ल्याण्ड हुन नसकेर पोखरा पुगेको हो ।’




