
गोरखाको हिमाली भेगको मतपेटिका हेलिकोप्टरबाट ढुवानी गर्दै
गोरखाको हिमाली भेगको मतपेटिका हेलिकोप्टरबाट ढुवानी सुरु भएको छ । हिमाली भेगका २३ मतदान केन्द्रका मत पेटिका हेलिकोप्टरबाट ढुवानी गर्न सुरु गरिएको हो ।
नेपाली सेनाको हेलीले चुमनुब्री गाउँपालिकाको वडा नं ७ स्थित छेकम मतदान केन्द्र र वडा नं ६ को चुम्चेत मतदान केन्द्रबाट मतपेटीका ढुवानी सुरु गरेको स्थानीय वाङचुक राप्तेन लामाले बताउनुभयो ।
शुक्रबार दिनभरमा उत्तरी गोरखाको मतपेटीका संकलन गर्ने मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले बताउनुभयो । उहाँले भन्नुभयो, ‘शुक्रबार बिहानैबाट मतपेटीका ल्याउने तयारी गरेको तर खराब मौसमका कारण ढिलो भयो । २३ मतदान केन्द्रको मतपेटीका ४ देखि ५ टिप गरेर ल्याउने योजना छ ।’
तल्लो भेगका मतपेटिका भने गए राती नै ढुवानी भइसकेको छ ।
गोरखा क्षेत्र नं २ को मतगणना समेत सुरु भैसकेको मुख्य निर्वाचन अधिकृत गौतमले जानकारी दिनुभयो । गोरखा–१ को मतगणना जिल्ला सदरमुकामस्थित जिल्ला समन्वय समितिको भवन र गोरखा–२ को भूतथा जलाधार व्यवस्थापन कार्यालयमा गणना हुने गौतमको भनाई छ । PHOTO CREDIT : Wangchuk Rapten Lama .




