
गोरखामा एकै परिवारका ६ जना किरियापुत्रीले गरे मतदान
बिहीवार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा शोकमा रहेका एकै परिवारका ६ जना किरियापुत्रीले मतदान गरेका छन् ।
गोरखा नगरपालिका–१ ताप्लेस्थित डाँडागाउँ निवासी भीमप्रसाद भट्ट, कमलप्रसाद भट्ट, दिपक भट्ट, शुशिला ढुंगाना, कल्पना भट्ट र सिता भट्टले ताप्ले बिन्दिचौरस्थित जनज्योती मावि मतदान केन्द्र पुगेर मतदान गरेका हुन् ।
७१ बर्षीय रनुमायाको यही फागुन १४ गते निधन भएपश्चात उनीहरु किरिया बस्दै आएका छन् । भीमप्रसाद, कमल र दिपक रनुमायाका छोराहरु हुन् भने कल्पना र सिता बुहारीहरु हुन् ।
शुशिला भने उनको छोरी रहेको परिवार स्रोतले जनाएको छ ।




