| शुक्रबार, बैशाख १७, २०८३

बालमन्दिर माविका २१० विद्यार्थीलाई न्यानो पोशाक वितरण

गोरखा सदरमुकामको बालमन्दिर माविका २१० विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । रोटरी क्लव अफ कुपण्डोल, ललितपुरले सोमबार बालमन्दिर माविका इसिडीदेखि कक्षा १० सम्मका सबै विद्यार्थीहरुलाई न्यानो पोशाक वितरण गरेको हो ।

क्लवका अध्यक्ष नारायणराज पाण्डे, पूर्वअध्यक्ष हरिराम कोइराला, सचिव महेन्द्रजंग शिवाकोटी, फस्टलेडी सुनिता पाण्डे तथा रोटरियनहरु करुणा शिवाकोटी, राधा कोइराला र रिता देवकोटाले टिसर्ट तथा ट्रयाक सुट र कापी हस्तान्तरण गरेका प्रधानाध्यापक भार्गवबाबु पाण्डेले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लुमनाथ लामिछानेको अध्यक्षतामा सम्पन्न हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि रोटरी क्लव अफ कुपण्डोलका अध्यक्ष नारायणराज पाण्डे, विशेष अतिथि वडा नं. ६ का वडाअध्यक्ष राजेन्द्रकुमार जोशी, रोटरी क्लव अफ कुपण्डोलका पूर्व अध्यक्ष हरिराम कोइराला, रोटरी क्लव अफ गोरखाका अध्यक्ष रामस्वरुप श्रेष्ठ, फस्टलेडी सुनिता पाण्डे तथा रोटरियनहरु करुणा शिवाकोटी, राधा कोइराला र रिता देवकोटालगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्