| आइतवार, मंसिर १, २०८२

रामशाहघाट मनकामना सडक अवरुद्ध, केही दिन वैकल्पिक बाटो अपनाउनु पर्ने

लगातार दुई दिनको झरीपछिको पहिरोले रामशाहघाट मनकामना सडक अवरुद्ध बनेको छ । रामशाहघाट, पनौति, मनकामना सडकको वसन्तेढुंगा भन्ने ठाउँमा झरेको पहिरोले सडक अवरुद्ध बनाएको सहिद लखन गाउँपालिका ३ का वडाअध्यक्ष दीपक पाण्डेले जानकारी दिए ।

‘गोरखा सडक योजना कार्यालयले स्तरोन्नति गर्दै गरेको सडक हो, ठूलो ढुंगो आएर बसेको छ’, वडाअध्यक्ष पाण्डेले भने, ‘ठेकेदार सम्पर्कमा छैनन् । त्यसैले अहिलेका लागि सिलिङ, लामाछाप मनकामना सडक अथवा कल्लेरी, आर्बोट, मनकामनाको बैकल्पिक मार्ग अपनाउनु पर्ने भएको छ ।’ ठेकेदारलाई सम्पर्कमा ल्याई केहीदिनभित्र सो पहिरो पन्छ्याउने उनले बताए ।

(सांकेतिक फोटो)

प्रतिक्रिया दिनुहोस्