
प्रअ पदत्याग गर्न समितिद्वारा दबाब
पालुङ्टार नगरपालिका ७ स्थित जीवनज्योति मावि च्याङ्लीका प्रधानाध्यापक बद्री पाण्डेलाई पदबाट राजिनामा दिई मार्गप्रसस्त गर्न विद्यालय व्यवस्था पन समितिले दबाब दिएको छ ।
सो नगरपालिका को नगर शिक्षा शाखाले अर्को व्यवस्था नहुञ्जेल सहायक प्रधानाध्यापक ताराबहादुर कुमाल लाई प्रशासनिक जिम्मेवारी दिएपनि प्रअ पाण्डेले राजिनामा दिई मार्ग प्रसस्त नगरेको विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा अध्यक्ष अर्जुनबहादुर कुमाललगायत समितिका ६ जनाले हस्ताक्षर गरेका छन् ।
‘२०८०÷८१ देखि हाल सम्म सार्वजनिक लेखा परीक्षण नगरेको, शैक्षिक तथा आर्थिक स्तर कमजोर बनाएको, शिक्षक तथा वौद्धिकवर्ग लाई सार्वजनिक मञ्चबाट अनावश्यक लान्छना लगाउने गरेको, विद्यालय र समुदायको सम्बन्ध सुमधुर नबनाए को, व्यवस्थापन समितिको अधिकार खोसेको’ आरोप लगाइएको छ । चौतर्फी आरोप आएपछि प्रअ पाण्डेले विद्यालयको प्रार्थना समयमा मञ्चबाट राजिनामा घोषणा पनि गरेका तर चावी तथा माइन्युज हस्तान्तरण गर्नुपर्नेमा नगरेको विज्ञप्तिमा उल्लेख छ । समितिले प्रअ पाण्डे लाई राजिनामा गरी मार्गप्रसस्त आग्रह गरेको छ ।




