| आइतवार, अशोज १०, २०८३

पालुङटारका दुई विद्यालयलाई ‘स्कुलबस’ हस्तान्तरण

पालुङटार नगरपालिकाले पालिकाभित्रका थप दुई विद्यालयहरुलाई स्कुल बस हस्तान्तरण गरेको छ । नगरपालिकाले वडा नं २ आँपपिपलस्थित जनता मावि र वडा नं १ खोप्लाङस्थित अन्नपूर्ण माविलाई स्कुल बस हस्तान्तरण गरेको हो ।
पालिकाले चालु आर्थिक वर्ष २०८१÷८२ को वार्षिक स्वीकृत कार्यक्रम अन्तरगत दुई विद्यालयहरुलाई स्कुल बस हस्तान्तरण गरेको हो । सम्बन्धित वडाको १० लाख र पालिकाको २० लाख बजेटमा उक्त विद्यालयहरुलाई स्कुल बस हस्तान्तरण गरिएको पालिकाको सूचना अधिकारी माधब पोखरेलले बताए । उनका अनुसार पालिकाले गत आर्थिक वर्ष अमरज्योति जनता मावि, भवानी मावि र जीवनज्योति माविलाई विद्यालय बस हस्तान्तरण गरेको थियो ।
विद्यार्थीहरुलाई पालिकाभित्रका विद्यालयहरुमा पढ्न प्रेरित गर्ने उद्देश्यले विद्यालयहरुलाई बस हस्तान्तरण गरिएको पोखरेलले जानकारी दिए । साथै, सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु टाढा टाढाबाट हिँडेर विद्यालय पुग्नुपर्ने बाध्यता रहेकाले उनीहरुको सहजताका लागि स्कुल बसको ब्यबस्था गरिएको उनको भनाइ छ ।
‘कतिपय भेगका विद्यार्थीहरु विद्यालयसम्म आइपुग्न ३–४ घण्टासम्म हिँड्नुपर्ने बाध्यता थियो । त्यसलाई पनि मध्यनजर गरेर स्कुल बस हस्तान्तरण गरेका हौँ’, उनले भने । नगरप्रमुख विवस चिन्तनले सम्बन्धित विद्यालयका प्रध्यानाध्यापकहरुलाई स्कुल बस हस्तान्तरण गरेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्