| बुधबार, माघ १, २०८२

नेपाल ओमन चेम्बर अफ कमर्स गोरखाको अध्यक्षमा पूर्णकुमारी

नेपाल ओमन चेम्बर अफ कमर्स गोरखाको अध्यक्षमा पूर्णकुमारी प्रधान शाही निर्वाचित भएकी छन् । शनिवार सम्पन्न तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले शाहीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

जसको उपाध्यक्षमा सूर्यमाया श्रेष्ठ, सचिव शर्मिला वाग्ले, सह–सचिव गोमा पोखरेल श्रेष्ठ, कोषाध्यक्षमा सानुमाया खड्का र सह–कोषाध्यक्षमा सितादेवी श्रेष्ठ चयन भएका छन् ।

सदस्यहरुमा देवी श्रेष्ठ, सविता भट्ट, बिमला खड्का, नैना थापा सिं क्षेत्री, विवा अच्छामी रोका, मुना श्रेष्ठ शाही र सानु श्रेष्ठ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्