
विद्यालय खुलाउन आबुँखैरेनी गाउँपालिकाको अनुरोध
आबुँखैरेनी गाउँपालिकाले नियमित पठन–पाठन सुचारु गराउन विद्यालयहरुलाई अनुरोध गरेको छ । मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै गाउँपालिकाले नियमित पठनपाठनलाई निरन्तरता दिन आग्रह गरेको हो ।
लामो समयसम्म विद्यालय बन्द रहँदा भविष्यका कर्णधारका रुपमा रहेका विद्यार्थीहरुमा प्रत्यक्ष असर परेको भन्दै पठन–पाठन सुचारु भनिएको हो । नेपालको संविधानले नै बालबालिकाले पढ्न पाउने हकलाई मौलिक अधिकारको रुपमा स्थापित गरेको छ । विद्यालयमा नियमित पठनपाठनलाई निरन्तरता दिई आफ्ना मागहरु सरकारद्वारा सम्बोधन गराउनका लागि वैकल्पिक तवरले माग उठान समते गाउँपालिकाले सुझाएको छ ।
सम्पूर्ण विद्यालयहरुलाई शैक्षिक सत्र २०८२ को विद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरण, शैक्षिक तथा प्रशासनिक कार्यहरु तत्काल सञ्चालन गरी बैशाख १४ गतेबाट नियमित रुपमा विद्यालय सूचारु गर्न÷गराउनु हुन सम्वन्धित सबैमा अनुरोध गरिएको छ ।




