
असोज २० गतेसम्ममा ग्रामीण सडकमा गाडी चल्ने
बर्खाका कारण अवरुद्ध भएका गोरखाका ग्रामीण सडकहरु असोज २० गतेदेखि सुचारु हुने भएका छन् । नजिकिदै गरेको चाड बाडलाई लक्षित गरी बुधबार जिल्ला प्रशासन कार्यालयमा आयोजना गरेको सरोकारवालाहरुको बैठकले २० गतेदेखि यसअघि गाडी चलेका सबै सडक मा गाडी चल्ने गरी पूर्वाधार तयार गर्ने निर्णय गरेको हो ।
सबै निर्माण व्यवसायीले आफूले ठेक्का लिएको सडक मर्मत गर्ने बैठकमा प्रतिवद्धता जनाएका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले जानकारी दिए । ‘आफ्नो ठेक्काको सडक अबको १० दिनभित्र मर्मत गरिसक्ने सबै निर्माण व्यवसायीले प्रतिवद्धता जनाएका छन्’, उनले भने, ‘सम्झौता अबधि अनुसार सबैले काम गरिसक्नुपर्छ । जिम्मा लिएको काम कुनैपनि बहाना देखाएर नगर्न कसैलाई छुट छैन ।
उहाँहरु ज(जसले जुन जुन बाटो बनाउनुभएको छ, त्यो बाटोमा २० गतेसम्ममा गाडी चल्ने हुनुप¥यो ।’ ठेक्का नलागेका सडकहरु मर्मतसम्भार गर्न स्थानीय तहलाई अनुरोध गर्ने उनले बताए । ‘स्थानीय तह केहीले मर्मत थालिसक्नुभएको छ । केही स्थानीय तहलाई हामी अनुरोध गर्छौ । चाडबाडमा सबैले सजिलोसँग घर पुग्ने वातावरण बन्नुपर्छ’, प्रजिअ भट्टराईले भने ।
प्रशासनले ११ किलो छेवेटार भालुस्वाँरा बारपाक सडक योजना कार्यालय, जिल्ला समन्वय समिति र साविकको जिल्ला प्राविधिक कार्यालय अन्तर्गत बिभिन्न सडकको स्तरोन्नती र कालोपत्रको काम गरिरहेका निर्माण ब्यबसायी लाई सडक मर्मत गर्न निर्देशन दिएको हो । बैठकमा प्रमुख जिल्ला अधिकारी भट्टराईले सडक मर्मतका क्रममा कुनै बाधा व्यबधान आएमा प्रशासनले सघाउने बताए । बर्खाको बेला आएको बाढी पहिरोका कारण ग्रामीण क्षेत्रका धेरैजसो सडकहरुमा पहिरो, सडकको हिलो तथा खाल्डाखुल्डीले सवारी साधन सञ्चालन हुन सकेका छैनन्




