
एसईईको परीक्षा केन्द्र तोकियो, ३४ सय परीक्षार्थी सहभागी हुँदै
आउँदो चैत सातदेखि १९ गतेसम्म संचालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)का लागि जिल्लामा २३ वटा परीक्षा केन्द्रहरु तोकिएको छ । जिल्लास्तरीय परीक्षा समन्वय समितिको निर्णय अनुसार जिल्लामा परीक्षा केन्द्रहरु तोकिएका हुन् ।
यही फागुन ५ गतेको बैठकबाट जिल्लामा २३ वटा परीक्षा केन्द्रहरु तोकिएको शिक्षा विकास तथा समन्वय इकाइ गोरखाका सूचना अधिकारी दिपक सिर्मलले बताए । उनका अनुसार यस बर्ष गोरखाबाट तीनहजार चारसय ४१ जना एसईई परीक्षामा सहभागी हुँदैछन् । गतबर्ष अनुतीर्ण भई यसबर्ष ग्रेडवृद्धि परीक्षामा ९१६ जना सहभागी हुँदैछन् । त्यसअघि अनुतीर्ण भएका ११ जनाले पनि यसबर्षको एसईई परीक्षामा सहभागिता जनाउने सिर्मलले बताए ।
प्राविधिक धारको एईई परीक्षा दिनेहरुका लागि लक्ष्मीबजारस्थित महालक्ष्मी माविमा परीक्षा केन्द्र कायम गरिएको छ ।
जिल्लाबाट प्राविधिकतर्फ ९९ जना र नियमिततर्फ पाँच सय ६१ जना एसईई परीक्षामा सहभागी हुने कार्यालयले जनाएको छ ।
सदरमुकामको महेन्द्रज्योति मावि, शक्ति मावि, सरस्वती मावि, महालक्ष्मी मावि लक्ष्मीबजार, रत्नराज्य मावि बिरन्चोक र महेन्द्र मावि कुन्दुरटारलाई परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाइ गोरखाले जनाएको छ ।
पालुङटारको भवानी मावि ठाँटीपोखरी, जीवनज्योति मावि च्याङ्लीलाई पनि परीक्षाकेन्द्र बनाइएको छ । परीक्षा केन्द्र तोकिएको छ । सिरानचोकको महेन्द्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्रलीला मावि हर्मी, परोपकार आदर्श मावि जौवारीलाई परीक्षाकेन्द्र बनाइएको छ । त्यस्तै अजीरकोटका परीक्षार्थीहरुका लागि हिमालय मावि सिमजुङ केन्द्र तोकिएको छ । बारपाक सुलिकोटस्थित हिमालय मावि सौरपानी र सूर्यज्योति मावि ताकुकोट, भीमसेनथापा गाउँपालिकाका परीक्षार्थीका लागि दुल्लभ मावि घ्याम्पेशाल, सरस्वती मावि बोर्लाङ र संस्कृत मावि तान्द्रङलाई परीक्षा केन्द्र तोकिएको छ ।
यसैगरी, आरुघाट गाउँपालिकाका लागि भिमोदय मावि आरुघाट र गण्डकी मावि आर्खेतलाई परीक्षा केन्द्र कायम गरिएको छ । धार्चे गाउँपालिकाका परीक्षार्थीका लागि भने जनजागृती मावि माछिखोला परीक्षा केन्द्र तोकिएको छ । गण्डकी गाउँपालिकाको ज्ञानमार्ग मावि घ्याल्चोक र ताङ्लिचोक मावि ताङ्लिचोकमा परीक्षा केन्द्र तोकिएको छ ।
सहिदलखन गाउँपालिकाका परीक्षार्थीका लागि भगवती हिमालय मावि घैरुङ र मनकामना मावि मनकामनामा परीक्षा केन्द्र तोकिएको छ । हिमालपारिको चुमनुब्री गाउँपालिकामा भने परीक्षा केन्द्र तोकिएको छैन । त्यहाँका वुद्ध मावि र ल्हो माविका परीक्षार्थीहरुका लागि गण्डकी मावि आर्खेतमा परीक्षाकेन्द्र कायम गरिएको कार्यालयले जनाएको छ ।




