| आइतवार, अशोज १०, २०८३

अनाथ बालबालिकालाई खाद्यान्न सहयोग


गोरखा नगरपालिका वडा नं. ८ निवासी केशरसिंह बस्नेतले स्वर्गीय आमा र हजुरआमाको स्मृतिमा बालमन्दिर र गुरुकूलका बालबालिकालाई खाद्यान्न सहयोग गरेका छन् ।


वडा नं. ६ स्थित बालमन्दिर माविको आनाथ आश्रममा रहेका बालबालिका गोरक्ष वैदिक गुरुकूलमा आवासीय रुपमा रहेका बटुकहरुलाई खाद्यान्न सहयोग गरेका हुन् । उनले आमा स्व. जुद्ध कुमारी बस्नेत तथा स्वर्गीय हजुरआमा मानकुमारी बस्नेतको स्मृतिमा खाद्यान्न वितरण गरेका हुन् । आइतबार अलग अलग कार्यक्रम गरी सहयोग सामग्री प्रदान गरेको बस्नेतले जानकारी दिए ।


बस्न्यात नेपाल ट्रेड युनियन कांग्रेस गोरखा नगरपालिकाका अध्यक्ष तथा खानेपानी महासंघ गोरखाका कोषाध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस्