| आइतवार, अशोज १०, २०८३

नेपाल शिक्षक संघमा आवद्ध शिक्षकहरु सम्मानित

नेपाल शिक्षक संघ स्थानीय कार्यसमिति गोरखा नगरपालिको आठौं प्रतिनिधिसभा सम्पन्न भएको छ । शनिबार भएको सभाको अवसरमा शिक्षक संघमा आवद्ध चार जना सेवानिवृत्त शिक्षकहरु सम्मानित भएका छन् ।

सम्मानित हुनेहरुमा शक्ति माविबाट सेवा निवृत्त केदार प्रसाद पोखरेल र वाटिका सापकोटा, तारा मावि छेवेटारबाट सेवानिवृत्त विष्णुप्रसाद पाठक र सूर्यज्योति प्रावि नारेश्वरबाट सेवानिवृत्त शान्तादेवी कडरिया रहेको संघका कार्यसमिति सदस्य गौतम बल्छौडींले बताए । यस्तै संघमा रहेर पदोन्नति भएका, बढुवा भएका र गोरखा नगरपालिकाका नवआगन्तुक शिक्षकहरुलाई समेत सम्मान गरिएको उनले जानकारी दिए ।

कार्यक्रमकै अवसरमा बिभिन्न बिद्यालयको प्रधानाध्यापकको जिम्मेवारी पाएका शिक्षकहरु पनि सम्मानित भएका छन् । बालमन्दिर माविका अनन्त न्यौपाने, नवदुर्गा आधारभूत बिद्यालय शितलडाँडाकी लक्ष्मी अधिकारी र रामशाह आधारभूत विद्यालय देउरालीका रामेश्वर पोखरेल सम्मानित भएका हुन् । बढुवा भएर सम्मानित हुने शिक्षकहरुमा शक्ति मावि पाटेचौरका भार्गवबाबु पाण्डे, विन्ध्यावासिनी मावि नारेश्वरका कृष्ण थापा र तारा मावि छेवेटारका गणेश पोखरेल रहेका छन् ।

संघका नगर अध्यक्ष नन्दकुमार श्रेष्ठको अध्यक्षता तथा नेपाली काँग्रेस गोरखा नगरपालिका नगर सभापति चन्दनबाबु खत्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संघका पूर्व अध्यक्ष लुमनाथ लामिछाने, नेपाल शिक्षक संघ संघीय कार्यसमितिका उपाध्यक्ष लक्ष्मी रेग्मी, नेपाल शिक्षक संघ गोरखाका अध्यक्ष लक्ष्मणबाबु आचार्य, गोरखा नगरपालिका गोरखाका सामाजिक विकास समिति प्रमुख एवं वडा नं २ का अध्यक्ष रहमतुल्ला मियाँ, ट्रेड युनियन काँग्रेस गोरखाका अध्यक्ष शिवबहादुर थापा, प्याब्सन गण्डकी प्रदेशका सिताराम तिवारी, पेशागत बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष रमेश पोखरेललगायतले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्