
नेपाल तमु विद्यार्थी छोंज धिको स्थापना दिवसको अवसरमा खाद्यान्न सहयोग
नेपाल तमु (गुरुङ) विद्यार्थी छोंज धिको स्थापना दिवसको अवसरमा अनाथ विद्यार्थीहरुलाई खाद्यान्न वितरण गरिएको छ । विद्यार्थी छोंज धिको २९ औं स्थापना दिवसको अवसरमा गोरखा नगरपालिका–६ स्थित बाल मन्दिर माविको अनाथ छात्रबासमा रहेका विद्यार्थीहरुलाई खाद्यान्न सहयोग गरिएको हो ।
विद्यार्थीहरुलाई चामल, नुन, तेल, दाल, आँटा, चना, चिनी, चियापत्ती, बिस्कुट, भुजालगायतका सामग्री वितरण गरिएको तमु (गुरुङ) विद्यार्थी छोंज धि गोरखाका अध्यक्ष मनोज गुरुङले बताए ।
उक्त खाद्यान्न सामग्रीहरु अध्यक्ष गुरुङले विद्यालयका प्रधानध्यापक अनन्त न्यौपानेलाई हस्तान्तरण गरिएको उनले बताए । हाल बाल मन्दिर माविको छात्रबासमा ३० जना भन्दा बढी बालबालिकाहरु रहेका छन् ।




