
सेन्ट जोसेफको खेलकुद दिवस
गोरखाको ११ किलो स्थित सेन्ट जोसेफ स्कुलको वार्षिक खेलकुद दिवस शनिवार सम्पन्न भएको छ । वार्षिक खेलकुद दिवसको अवसरमा विद्यार्थीहरुले ब्याण्ड सहित परेडका विभिन्न खेलहरु प्रदर्शन गरेको थियो ।

प्रतियोगितामा विजयी हुने खेलाडीहरु लाई मेडल तथा प्रमाणपत्र प्रदान गरेको थियो ।


कार्यक्रम गोरखा नगरपालिकाका प्रमुख कृष्ण बहादुर रानामगरको प्रमुख आतिथ्यता र प्रिन्सीपल सुनिल एक्काको सभापतित्वमा सम्पन्न भएको थियो ।




