
प्याव्सन गोरखाको अध्यक्षमा पुनः थापा
निजी तथा आवासीय बिद्यालय (प्याव्सन) जिल्ला कार्यसमिति गोरखाको अध्यक्षमा पुनः कमल थापा चयन भएका छन् । शनिवार सम्पन्न १४ औं साधारण सभा तथा ७ औं अधिवेशनले थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
जसको उपाध्यक्षमा राजन वस्नेत, सचिवमा बाबुराम तिवारी र कोषाध्यक्षमा दिपक गुरुङ चयन भएका छन् ।
सदस्यहरुमा बिनोद अर्याल, पदमप्रसाद दाहाल, प्रकाश केसी, गोमा ढकाल भट्ट, कृष्ण घले, गणेश गुरुङ, प्रदिप शर्मा, बिष्णुहरी अर्याल, बिकास थापा, योङ्ग कुमार श्रेष्ठ, सुनिता सापकोटा र दिक्पाल अधिकारी रहेका छन् । सिताराम तिवारी र जनक केसी सल्लाहकार र महाधिवेशन प्रतिनिधीमा रुपा भट्टराई चयन भएकी छन् ।
विवेक लुईटेललाई शहिद लखन गाउँपालिकाको फोकल पर्सन तोकिएको छ । त्यस्तै रमेश वडुलाई पालुङटार र किरण ढकाललाई गोरखा नगरपालिकाको फोकल पर्सन तोकिएको संस्थाले जनाएको छ ।
थापाको अध्यक्षतामा तथा गोरखा नगरपालिका शिक्षा शाखा प्रमुख चन्द्रबहादुर खड्काको प्रमुख अतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा संस्थाका सचिव बस्नेतले बार्षिक र कोषाध्यक्ष तिवारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।




