
गुरु पूर्णिमाको अवसरमा निवृत्त शिक्षकहरु सम्मानित
गुरु पूर्णिमाको अवसरमा जिल्लाका निवृत्त शिक्षकहरु सम्मानित भएका छन् । नेपाल निवृत्त शिक्षक समाज गोरखाले आइतवार एक कार्यक्रमकाबीच उनीहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेमा गण्डकी गाउँपालिकाका लालबहादुर गुरुङ, गोरखा नगरपालिका वडा नम्वर ६ का बिजयप्रसाद अधिकारी, वडा नम्वर ७ का रामचन्द्र आचार्य, वडा नम्वर ८ का कृष्णबहादुर बस्नेत र टेकबहादुर थापा रहेका छन् ।
त्यस्तै सिरानचोक गाउँपालिकाका तारापति शर्मा ढकाल, भिमसेन थापा गाउँपालिकाका पुण्यप्रसाद खनाल, पालुङटार नगरपालिका वडा नम्वर ८ का चुडामणी कँडेल र दुर्गाभक्त ढकाललाई पनि सम्मान गरिएको समाजका जिल्ला सचिव रामबाबु श्रेष्ठले बताए । उनीहरुलाई दोसल्ला ओडाएर कदर पत्रले सम्मान गरिएको बताइएको छ । सम्मानित हुने सबै निवृत्त शिक्षकहरु ८० बर्ष पुरा भइसकेको श्रेष्ठले जानकारी दिए ।
समाजका अध्यक्ष प्रेमबहादुर थापाको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख मोहनबहादुर थापाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका मेयर कृष्ण राना, नेपाल निवृत्त शिक्षक समाज केन्द्रीय समिति उपाध्यक्ष गेहेन्द्रराज विष्ट, केन्द्रिय प्रतिनिधि बाबुराम अर्याल, समाजका जिल्ला उपाध्यक्ष बमबहादुर थापा, कपिलबाबु अर्याल, आजिवन सदस्यहरु मिनाकुमारी श्रेष्ठ, जीवनकुमार श्रेष्ठ, पूर्व अध्यक्ष सुकदेव दवाडी लगायतले गुरुको महत्वको चर्चा गर्दै शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं समाजका केन्द्रिय उपाध्यक्ष विष्टले शैक्षिक गुणस्तर वृद्धिका लागि निवृत्त शिक्षकहरुलाई समेत राज्यले सम्मानजनक ढंगले परिचालन गर्नुपर्ने बताएका थिए ।




