| आइतवार, कार्तिक २९, २०८३

गुनासो सम्बोधनमै गुनासो

गुनासो सम्बोधनमै गुनासो

अश्विन दानी ःराष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपीडितको गुनासो सम्बोधन गर्दा बास्तबिक पीडितहरु छुटेको गुनासो आएको छ । बिहिबार टूान्सपरेन्सी इन्टरनेशनल नेपालले गोरखा सदरमुकाममा गरेको छलफल कार्यक्रममा जनप्रतिनिधिहरुले पुनर्निर्माण प्राधिकरणले लाभग्राहीको संङ्ख्या थप गर्दा बास्तबिक पीडित छुटेको गुनासो गरेका हुन् ।
राष्टिूय पुनर्निर्माण प्राधिकरणले गल्ती गर्दा लाभग्राहीहरु आफूहरुसंग रिसाउने गरेको गोरखा नगरपालिका ९ का वडाध्यक्ष कुलबहादुर कुँवरले बताए । ‘पूर्णक्षति भएकाहरु पनि प्रबलीकरणमा परेका छन् । प्रबलीकरणमा परे पनि हुनेजस्ता पूर्णक्षति भएकाको सूचीमा परेका छन्’ उनले भने, ‘यो पटक गुनासो सम्बोधन भई लाभग्राहीको संङ्ख्या थप गर्दा सम्बन्धित निकायले गहन अध्ययन गरेनन् किनकी, घर पूर्ण ध्बस्त भएकाहरुको प्रबलिकरणमा नाम आएको छ । त्यस्तै घर अलिअलि मर्मत गरेपनि हुनेहरुको पूर्ण क्षति भनेर आएको छ । यो बिषयमा सम्बन्धित निकायले बेलैमा ध्यानाकर्षण गर्नु पर्छ ।’
प्राधिकरणबाट गुनासो सम्बोधन हुँदा टहरोमै जीवन गुजारिरहेका पीडितहरुको नाम गैर लाभग्राहीमा आउनाले जन प्रतिनिधिहरुलाई थप समस्या पर्ने गरेको गोरखा नगरपालिकाकी उपप्रमुख बिनाकुमारी श्रेष्ठले बताइन् । सुकुम्वासी र बिस्थापितहरुलाई घर निर्माण गर्नका लागि जग्गा खरीद गर्न दुई लाख रुपैँया दिने नियम भएपनि लागु हुन नसकेको उनको भनाई छ । ‘सुकुम्वासीहरुले घर बनाउने पैसा नपाएपछि सार्वजनिक जग्गामा घर बनाएरका छन्’ उपप्रमुख श्रेष्ठले भनिन्, ‘ ती पीडितहरुले पहिलो र दोस्रो किस्ता लिए तर तेस्रो किस्ता लिने बेला सार्बजनिक ठाउँमा घर बनाएको भन्दै रोक लगाइयो । उनीहरुलाई हामीले के भनेर जवाफ दिने ?’
अब जिल्लामा रहेका भूकम्प पीडितहरुको संङ्ख्याको ‘नेगेटिभ गिन्ति’ सुरु भएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईको भनाई छ । ‘हामीले अब आवास निर्माण कति सम्पन्न भयो भनेर हैन कति सम्पन्न गर्न बाँकी छन् भनेर गन्नु पर्छ’ उनले भने, ‘बाँकी कति छन् भन्ने थाहा पाएपछि मात्रै हामीले आवास निर्माणका काम यति समयमा यति गर्नुपर्छ भन्ने हिसावले अघि बढ्न सकिन्छ । अनि त्यो बाँकीलाई सुन्य अबस्थामा झार्नु पर्छ ।’ जिल्लाको पुनर्निर्माणको अबस्था हेर्दा सन्तुष्ट मान्ने अबस्था नरहेको उनले बताए । टूान्सपरेन्सी इन्टरनेशनल नेपालका पूर्व महासचिव मुकुन्द बहादुर प्रधानको अध्यक्षता मा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका सभापति अशोककुमार गुरुङ, प्रजिअ भट्टराई, गोरखा नगरपालिकाकी उपप्रमुख श्रेष्ठ, राष्टिूय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना तथा कार्वान्वयन इकाईका प्रमुख रामकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । भूकम्प पीडितहरुको बिषयमा देखिएको समस्याहरुलाई आगामी दिनमा सुधार गरी लैजाने राष्टिूय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना तथा कार्वान्वयन इकाईका प्रमुख श्रेष्ठको भनाई छ । मापदण्ड बिपरीत बनाईएका घरहरुलाई सिफारिस नगर्र्न उनले प्राबिधिकहरुलाई आग्रह गरे । ‘अहिले जिल्लामा भूकम्प पीडितहरुले बिभिन्न खाले गुनासोहरु गरिरहेका छन्’ उनले भने, ‘प्रबलिकरणमा आउनु पर्नेको पूर्ण लाभग्राही र लाभग्राहीमा आउनुपर्नेको प्रबलिकरणमा नाम आएको देखिएको छ । त्यसलाई हामीले छिट्टै परीवर्तन गर्ने छौँ ।’
भूकम्प पछि हुने पुननिर्माण सम्बन्धि बनेका बिभिन्न नीतिहरु बनेपनि लागु हुन नसकेकाले त्यसलाई कार्वन्वयन गर्नुपर्नेमा टूान्सपरेन्सी इन्टरनेशन्ल नेपालका पूर्व महासचिव प्रधानले जोड दिए । ‘भूकम्प पीडितलाई सरकारले सहुलियत दरमा क्रृण दिने भनेको थियो’ उनले भने, ‘तर, त्यो नितिमै अन्योल भएकाले पीडितहरुले क्रृण पाउन सकेका छैनन् । यस्ते खाले बिभिन्न नीति ऐन बनेर पनि कार्वन्वयन हुन सकेको छैन् । त्यसलाई कार्वान्वयन गर्न सबै जना एकजुट भएर लाग्नु पर्छ ।’

प्रतिक्रिया दिनुहोस्