| आइतवार, कार्तिक २९, २०८३

जिससबाट २७४ जना लाभग्राहीको फाईल गायब

जिससबाट २७४ जना लाभग्राहीको फाईल गायब

अश्विन दानी  :  जिल्ला समन्व समितिबाट दुईसय ७४ जना भूकम्प पीडित लाभग्राहीहरु कागजात हराएको छ । गोरखा नगरपालिका कार्यालयले पीडितहरुको नामावली सहितको कागजातहरु समन्वय समितिमा पठाएपनि समन्वय समितिका कर्मचारीको लापरबाहीको कारणले भूकम्प पिडितको फाइल नै गायब भएको हो । कर्मचारीको लापरवाहीले गर्दा कागजातहरु हराएपछि लाभग्राहीहरुले समस्यामा परेको गुनासो गरेका छन् ।
‘छ महिना अघि नै नगरपालिकाले जिससमा नामावली पठाएको रहेछ’ जिससका कर्मचारीको लापरबाहीले कागजात हराएका मध्ये एक लाभग्राही किशोर रेग्मीले भने ‘लगभग दुई हप्ता अघि म जिसस गएर किस्ताको बारेमा बुझेको थिएँ । तर, त्यहाँका कर्मचारीहरुले यहाँ नगरपालिकाबाट फाईल नै आएको छैन् तपाईँ आफैँ नगरपालिकामा गएर बुझ्नुस् भन्दै फर्काउनु भयो ।’
यता गोरखा नगरपालिकाले भने छ महिना अघि नै प्रबलिकरणका लागि नाम सफरीस गरी दुईसय ७४ जना कर्मचारीको नाम पठाएको जनाएको छ । तर, कागजात हराएका लाभग्राहीहरु किस्ता सम्बन्धि बुझ्न आउँदा अहिले जिससका कर्मचारीहरुले नगरपालिकाबाट सिफारीस भइ नआएको भन्दै पन्छिने गरेका छन् । ‘राहात आउनु भन्दा पहिल्यै घर मर्मत गरौँ भने पछि पैसा नदेलान, आफुसँग पैसा पनि छैन, घर मर्मत नगरी पनि भएको छैन’ कागाजात हराएका अर्का लाभग्राही अमृत दमैँले भने ‘म अस्ती पनि किस्ताको बारेमा बुझ्न गएको थिएँ । सरहरुले तँपाईको फाईल नै यहाँ आईपुगेको छैन् पछि आउनुस् भनेर पठाउनु भयो ।’ जिससबाट लाभग्राहीको कागजात हराएपछि पीडितले समस्या भोग्ने गरेपनि जिससका कर्मचारीले बेवास्त गर्ने गरेको पाईएको छ । ‘हामी कहाँ आएका सबै फाईल सुरक्षित राख्छौँ’ जिससका शाखा अधिकृत दिपेन्द्र अर्यालले भने, ‘उहाँहरुको फाईल यहाँ आउनै छ होला नि त त्यसैले ढिलो भएको होकी ?’ तर नगरपालिकाले २०७४ माघ ११ गते समन्वय समितिलाई वडा नम्बर १ नम्बरदेखि १४ सम्मका जम्मा दुई सय ७४ पीडितहरुको नामावली पठाएको जनाएको छ । ‘हामीले पहिले नै सबै कागजातहरु पठाएका हौँ’ नगरपालिकाका ईन्जिनियर सुरज श्रेष्ठले भने ‘हामीले यहाँबाट पठाएका हौँ । त्यहाँ के(कसरी हरायो हामीलाई थाहा छैन ।’

नगरपालिबाट कागजात नआएको झुटो जानकारी
नगरपालिकाबाट गत वर्षको माघ ११ गते कुनै फाईलहरु नआएको जिससका कर्मचारीहरुले दाबी गरेका छन् । ‘हामीलाई त्यो मितीमा नगरपालिकाबाट कुनै फाईल पठाएका छैनन्’ जिससका अर्यालले भने ‘यहाँ आएकै छैन । हामी कसैले त्यो मितिमा आएको डकुमेन्ट नै पाएका छैनौँ । यदी उनीहरुले पठाएका हुन् भने मलाई तँपाईले हाम्रो कार्यालयका कुन कर्मचारीले लिए मलाई रिसिभ पत्र दिनुस् त ।’ जिससले कागजातहरु प्राप्त नभएको भन्ने कुरा झुटो भएको नगरपालिकाका कर्मचारीले दाबी गरेका छन् । ‘जिससबाट गत आइतबार (२७ गते) मात्रै यहाँ भूकम्प पीडितको कागजात हरायो फेरी पठाई दिनुस् भनेका छन्’ नगरपालिकाका इन्जिनियर श्रेष्ठले भने ‘उहाँहरुले हरायो भनेकाले हामी फेरी त्यो कागजातहरु पुन पठाउने तयारीमा छौँ ।’
पीडितको खातामा गएन पैसा
पुननिर्माण सम्बन्धी नियमावलीमा भूकम्प पिडितले जिल्ला समन्वय समितिमा नगरपालिका, गाउँपालि का बाट सिफारिस भएको तीन हप्ता भित्र पिडितको खातामा पैसा जम्मा हुनुपर्ने उल्लेख छ । तर, जिससका कर्मचारीको लापरवाहीका कारण अहिलेसम्म पीडितको खातामा पैसा आउन सकेको छैन् । ‘खातामा पैसा आउला र घर मर्मत गरौँला भनेर बसेको छु’ दमैले भने ‘पैसा नआएकाले अहिलेसम्म मर्मत गरेको छैन् । चिराचिरा भएको घरमा जोखीम मोलेरै बसेको छु ।’

प्रतिक्रिया दिनुहोस्