
गोरखा क्याम्पस प्रमुखमा पाण्डे नियुक्त
गोरखाको एक मात्र सरकारी क्याम्पस गोरखा क्याम्पसको प्रमुखमा नवराज पाण्डे नियुक्त भएका छन् । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को माघ २३ गते बसेको बैठकको निणर्यबाट पाण्डेलाई क्याम्पस प्रमुखमा नियुक्त गरिएको हो ।
बुधबारदेखी लागु हुने गरी पाण्डे क्याम्पस प्रमुख बनेका हुन् । यस अघि पाण्डे गोरखा क्याम्पसको उपप्राध्यापकको रुपमा कार्यरत थिए ।




