
टेकबहादुर उपरकोटीको अध्यक्षतामा नेल्टा गोरखा पुनर्गठन
अंग्रेजी विषयका शिक्षकहरुको साझा संस्था नेपाल अंग्रेजी भाषा शिक्षक समाज(नेल्टा) गोरखाको १७ औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न आठौँ अधिवेशनले महालक्ष्मी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक तथा अंग्रेजी विषयका शिक्षक टेकबहादुर उपरकोटीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।
अधिवेशनले उपाध्यक्षमा द्रव्यशाह बहुमुखी क्याम्पस लक्ष्मीबजारका जयराम अधिकारी र सचिवमा मनकामना बहिरा मावि टक्सारका अनिल अंगाई चयन भएका छन् । कोषाध्यक्षमा जलदेवी मावि ताक्लुङका मदन पन्त र सहसचिवमा सरस्वती मावि आहालेका श्याम पाण्डे चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा लक्ष्मी श्रेष्ठ खत्री(गोरखा क्याम्पस गोरखा), प्रेमबहादुर कोइराला(जनता मावि आँपपिपल), कृष्ण बिक(हिमालय मावि घैरुङ), रामचन्द्र घिमिरे(मण्डली मावि छोप्राक), चन्द्रबहादुर देवकोटा(एकीकरण नेपाल गोरखा), थमन कुमारी थापा मगर(महालक्ष्मी मा वि लक्ष्मीबजार) चयन भएका छन् ।
नेल्टाका निवर्तमान कार्यसमितिका अध्यक्ष रामचन्द्र दवाडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई गोरखाका प्रमुख सुवासचन्द्र आचार्य, नेल्टा गण्डकीका अध्यक्ष कमलराज लम्साल, उपाध्यक्ष सञ्जय अधिकारी, नेल्टा गण्डकीका सल्लाहाकार नवराज न्यौपाने, नेल्टा गोरखाका सल्लाहकार लक्ष्मणबाबु आचार्य, नेल्टा गोरखाका पदाधिकारीहरु तथा सदस्यहर एवम् विभिन्न विद्यालयहरुबाट आएका अंग्रेजी भाषाका शिक्षकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नेल्टा गण्डकीका अध्यक्ष कमलराज लम्साल र सल्लाहाकार नवराज न्यौपानेले उपस्थित अंग्रेजी भाषाका शिक्षकहरुलाई तालिम समेत प्रदान गराएका थिए ।




