| बिहिबार, अशोज १४, २०८३

शक्ति मावि एल्मुनाइ एशोसिएशनको नेतृत्व परिवर्तन


गोरखा सदरमुकामस्थित शक्ति माविका भूपू विद्यार्थीहरुको संस्था शक्ति एल्मुनाई एशोसिएशनको नेतृत्व परिवर्तन भएको छ । यसअघि मेघबहादुर मास्केको नेतृत्वमा रहेको एशोसिएशन शनिबार सम्पन्न तेस्रो अधिवेशनले नेतृत्व परिवर्तन गरेको हो ।


अधिवेशनले गोरखा क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख रामशरण बानियाँको अध्यक्षतामा एशोसिएशनको नयाँ कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षमा अच्यूतलाल श्रेष्ठ, सचिवमा किशोर रेग्मी, कोषाध्यक्षमा रुसबाबु जोशी रहेका छन् । त्यस्तै सदस्यहरुमा जनार्दन पोखरेल, केशव बस्नेत, प्रेमध्वज थापा मगर, किरण अर्याल, राजिव अधिकारी र इश्वरप्रसाद श्रेष्ठ रहेका छन् ।


निवर्तमान समितिका अध्यक्ष मेघबहादुर मास्केको अध्यक्षतामा सम्पन्न अधिवेशनको उद्घाटन सत्रमा समितिका निवर्तमान सचिव रामबाबु श्रेष्ठले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने निवर्तमान समितिका कोषाध्यक्ष मञ्जु अर्यालले लेखा प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।


कार्यक्रममा वडा नं. ६ का वडाअध्यक्ष राजेन्द्रकुमार जोशी, पुरुषोत्तम अर्याल, जिल्ला विकास तथा समन्वय इकाइका प्रमुख सुवास आचार्य, विद्यालय व्यवस्थापन समितिका सदस्य विजय ज्ञावली, निमित्त प्रअ कमल खड्काले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।


एल्मुनाई एशोसिएशनमा ५७५ जना पूर्व विद्यार्थीहरु आवद्ध छन् । नयाँ समितिले सदस्य विस्तार गर्ने नवनिर्वाचित सचिव किशोर रेग्मीले जानकारी दिए । साथै केही बर्षदेखि रोकिएको शक्ति माविका शिक्षक सम्मान कार्यक्रमलाई निरन्तरता दिने तथा विद्यार्थीलाई छात्रवृत्ति दिने कार्यक्रमलाई पनि निरन्तरता दिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्