| आइतवार, कार्तिक २९, २०८३

लेखापढी भित्रै, सेवाग्राही बाहिर

लेखापढी भित्र, सेवाग्राही बाहिर !

अश्विन दानी  :  एक सुकुम्बासीलाई दान गरेको जग्गा राजिनामा पास गर्न मालपोत कार्यालय पुगेका निबेलका होमबहादुर गुरुङ आइतबार कार्यालय बाहिरै थिए । उनको कागजात बोकेर लेखापढी व्यबसायी मालपोत कार्यालयभित्र पसेर काम गरिरहेका थिए ।
सबै काम समयमै सम्पन्न गरेर सेवाग्राहीलाई खुशी बनाई मनग्य पारिश्रमिक लिने दाउले व्यबसायी ले कर्मचारीलाई छिटोछिटो काम गराइरहेका थिए । ‘मेरो सबै कामहरु लेखन्दासले नै मिलाई दिन्छु भन्नु भएको छ’ मालपोत कार्यालयको प्रतिक्षालयमा बसिरहेका उनले भने ‘उहाँले मेरो कागजातहरु लिएर अफिसभित्र जानु भएको छ । म उहाँलाई नै कुरेर बसेको हो ।’ लेखन्दासले मालपोतको काम सकिएपछि मात्रै पैसा लिन्छु भनेको उनले बताए ।
लेखापढी व्यबसायीहरुले कार्यालय भित्र प्रवेश गरी बिचौलियाको समेत काम गर्ने गरेको भन्दै कार्यालय प्रमुखले लेखापढी ब्यबसायीहरुलाई कार्यालयभित्र प्रवेशमा रोक लगाए पनि व्यबसायीहरुले अटेरी गरी पहिले जस्तै भित्रै पसेर काम गर्ने गरेका छन् । व्यवसायीहरु कार्यालय भित्र प्रवेश गरी काम गर्ने गर्दा मालपोत कार्यालयको सेवा अहिले पनि प्रभावित हुने गरेको छ ।

आफुहरु कार्यालयभित्र नगई हरेक दिन कार्यालयको हाताभित्र बसेर काम गर्ने गरेको नेपाल लेखापढी कानून ब्यबसायी राजेन्द्र गान्धारीले बताए । ‘हामीले सधैँ कार्यालयभित्रै आएर काम गर्ने गरेका छौँ’ उनले भने ‘आजसम्म कार्यालयको तर्फबाट यहाँ आएर काम नगर्नु भनेर कसैले भनेका छैनन् ।’ कार्यालय भित्र प्रबेश गरी ब्यबसायीहरुले सेबाग्राहीको काम नगर्न भूमिव्यबस्था मन्त्रालय को परिपत्र अनुसार मालपोत कार्यालय उर्दी गरे पनि कार्यालय भित्रै बसी काम गर्ने गरेको व्यबसायीहरुको भनाई छ । कार्यालय प्रमुखले ‘हाकिमसाबले कार्यालय भित्र बसेर काम गर्न पाउनु हुन्न भनेर गत शुक्रबार पनि भन्नु भएको छ’ लेखापढी ब्यसायी संघ गोरखाका अध्यक्ष हरिप्रसाद पोखरेलले भने, ‘हाकिमसाबले आबश्यक परेमा कार्यकक्षमा बोलाउँछौँ नत्र कार्यालय बाहिरको प्रतिक्षालय र झ्यालबाट तँपाईहरुले काम गर्न सक्नु हुन्छ भन्नु भएको थियो । त्यसैले उहाँले भने अनुसार नै हाम्रा साथीहरुले काम गरिरहेका छन् ।’ अध्यक्ष पोखरेलले जसरी व्याख्या गरेपनि व्यबसायी भने कोठाभित्र प्रवेश गरी मोठ, ढड्डा ओल्टाइपल्टाइ गरिरहेको पाइएको छ ।
तर निमित्त कार्यालय प्रमुख बाबुराम शर्माले भने व्यबसायीहशरु कार्यकक्षभित्र नआएको दाबी गरे । ‘ब्यबसायीहरु सेवाग्राहीको फाईल लिएर कार्यालय भित्र आउन पाउँदैनन्’ उनले भने ‘सबै सेबाग्राहीहरुलाई कार्यालयको बिषयमा थाहा हुँदैन । त्यसैले कार्यालयमा आएर के गर्ने भन्ने बारे अलमलमा पर्ने सेबाग्राहीले लेखापढीसँग सहयोग मागे भने मात्रै उनीहरु यहाँ आउने गर्छन्, नत्र आउँदैनन् । ’कार्यालयमा हेल्प डेस्क नभएकाले कहिले काँही कार्यालय मा आई अलमल पर्ने सेबाग्राहीलाई सहयोग गर्न लेखापढीहरु आउने गरेका उनले बताए । ‘हामीले लेखापढी गर्ने सबैलाई कार्यालय भित्र प्रबेश नगर्नु भनिरहेका छौँ’ उनले भने ‘कार्यालय भित्रै आई लेखापढीहरुले काम गरेको हामीलाई थाहा छैन् ।’
के गरेर बस्छन् त कर्मचारी ?
आइतबार बिहान कार्यालयमा पुग्दा एक कर्मचारी काम छाडेर कार्यालय कै कार्यकक्षमा कुर्सीमा बस्ने एक जना कर्मचारीले भिडियो हेरिरहेका थिए । ‘कार्यालय समयभित्र पनि भिडियो हेर्न पाईन्छ ? भन्ने प्रश्न मा भिडियो हेरीराख्ने कर्मचारीले रुखो स्बरमा भने ‘पाईन्छ, यहाँको चलन नै छ । किन ? के भयो र ? को हो तँपाई ?’ कर्मचारीले भिडियो हेरेको विषय छिपाउन खोज्दै कार्यालय निमित्त प्रमुख बाबुराम शर्माले भने संयोगबस यस्तो भएको बताए ।

प्रतिक्रिया दिनुहोस्