
राष्ट्रिय सहमतीमा राष्ट्रपति चयन गर्न सबैदल मिल्ने ‘लिंक’ खोजिरहेका छौँ : उपप्रधानमन्त्री श्रेष्ठ
माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले सबै राजनीतिक दलबिचको सहमती खोजिएकाले राष्ट्रपतिको निर्वाचनका विषयमा पार्टीमा अहिले सम्म कुनै निर्णय नभएको बताएका छन् ।
मंगलवार गृहजिल्ला गोरखामा एकिकृत अखिल नेपाल शिक्षक संगठनको जिल्ला अधिवेशन उद्घाटन गर्न आएका उनले पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै भने ‘जो हिजो लोकतन्त्र र गणतन्त्रको निम्ती संघर्ष गरे ति सबै दलहरु मिल्ने गरी लिंक हामीले बनाउनुपर्छ, त्यसैको खोजीमा छौँ ।’
राष्ट्रपतिको विषयमा सहमतीको जिम्मा अध्यक्षका हिसाबले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिईनु स्वभाविक भएको बताउँदै उनले सोमवारको बैठकमा निर्णय नभएको बताए । ‘सबै पार्टीसँग अहिलेपनि छलफल चलिरहेको छ’ उनले भने ‘कांग्रेस कि एमाले भन्ने छैन, सकेसम्म देशको अहिलेको आवस्यकता, सामाजिक न्याय सहितको समृद्धीको लक्ष्य हाँसिल गर्न सहमतीमा राष्ट्रपति छनौँ भन्ने हो ।’
एकिकृत अखिल नेपाल शिक्षक संगठनको सातौँ जिलला अधिवेशनको उद्घाटन गर्दै उनले शिक्षाको गुणस्तर सुधार गर्न शिक्षकको महत्वपूर्ण भुमिका हुने बताए । शिक्षक गुणस्तरीय शिक्षा सामुदायिक विद्यालय र आङ्गिक क्याम्पसबाट पाउने सुनिश्चित गर्नुपर्ने उनले बताए । निजीक्षेत्रबाट शिक्षा अन्त्य गर्न सक्दैनौँ तर ब्यापारी शिक्षालाई नियमत नियन्त्रण गर्दै जानुपर्छ ।
शिक्षा जिबनकालागि कि रोजगारीकालागि भन्ने विषय गम्भिर छ । ‘रोजगारी नपाउनेशिक्षाको के काम भन्ने गरिन्छ, त्यो ठिक छ, यसकालागि ब्यवशायीक शिक्षा पनि चाहिन्छ तर शिक्षाको उद्देश्य रोजगारी र जिविकोपार्जनलाई बनाउनु गलत छ’ उपप्रधानमन्त्री श्रेष्ठले भने ।
शिक्षा क्षेत्रमा परिर्वतन गर्न राज्यको नेतृत्व सँगै शिक्षकहरुको अग्रगामी भुमिका हुनुपर्नेमा उनको जोड थियो । हाम्रो नेतृत्वको सरकारको सुनिश्चितता, दोस्रो संविधानको रक्षा र प्रतिगमनलाई टाउको उठाउन नदिने, सामाजिक न्याय सहितको समृद्धीलाई पुरा गर्ने, शान्ति प्रक्रियालाई पुरा गर्ने र बैदेशिक हस्तक्षेप हुन नदिने विषयलाई ध्यान दिएर पार्टी बिभिन्न ‘स्टेप’ चाल्ने नेता श्रेष्ठले बताए ।




