
गोरखामा अपाङगता भएकाहरुका लागि क्षमता विकास कार्यक्रम सुरु
गोरखा सदरमुकाममा अपाङगता भएका व्यक्तिहरुको लागि क्षमता विकास तथा सचेतना अभिवृद्धि कार्यक्रम सुरु भएको छ । प्रगतिशील अपाङ्गता संघ गोरखाको आयोजना तथा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय सहयोगमा तीन दिने अभिमुखीकरण कार्यक्रम सुरु भएको हो ।
उक्त तालिममा गोरखाको चुमनुब्री गाउँपालिका बाहेक अन्य १० स्थानीय तहबाट ४० जना सहभागि रहेको संघ गोरखाका अध्यक्ष अमर गुरुङले जानकारी दिए । उनका अनुसार अभिमुखीकरण कार्यक्रमको पहिलो दिन अपाङगताको प्रकार, अपाङता सम्बन्धी नियम, कानुनहरुका बारेमा जानकारी गराएका थिए ।
आज दोस्रो दिन अपाङगता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी महासन्धी २००६, अपाङगता अधिकार ऐन २०७४, अपाङगता अधिकार नियामावली २०७७ र दिगो विकास लक्ष्य र अपाङगता समावेशी विकासका बारेमा जानकारी दिइने उनले बताए ।
त्यस्तै, सोमबार समावेशी शिक्षाको अवधारणा तथा अपाङगता छात्रवृत्तिको विवरण प्रक्रिया, नेतृत्व विकास र संस्थागत विकास लगायतका बारेमा जारी दिइने उनले बताए ।
गुरुङको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख मोहन थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समन्वयका उपप्रमुख लिला परियार, राष्ट्रिय अपाङ्गता महासंघ संघीय कार्य समितिको वरिष्ठ उपाध्यक्ष तथा प्रशिक्षक रामबाबु कार्की, सामाजिक विकास कार्यालय गोरखाका प्रमुख दिपेन्द्र परियार, गोरखा नगरपालिका वडा नं १४ का गोपाल बहादुर थापा, वडा नं ११ का राम बहादुर खड्का, पत्रका महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटाले लगायतले मन्तव्य राखेका थिए ।




