| सोमवार, अशोज १८, २०८३

क्याम्पस तोडफोड र प्रमुखलाई कुटपिट नगरेको अखिल क्रान्तीकारीको दावी

अनेरास्वीयू क्रान्तीकारी गोरखाले द्रब्यशाह बहुमुखी क्याम्पसमा तोडफोड र क्याम्प प्रमुखलाई कुटपिट नगरेको दावी गरेको छ ।

जिल्ला सचिव सुलभ अम्गाईले शनिवार एक बिज्ञप्ती जारी गर्दै भनेका छन् ‘क्याम्पस प्रमुख माथि कुटपिट गर्ने तथा क्याम्पसमा तोडफोड गर्ने हाम्रो संगठनको कुनै नीति नभएको र उक्त कार्य नगरिएको समेत जानकारी गराउन चाहान्छौं ।’
गणतन्त्र प्राप्तीका लागि भएका बलिदानीपूर्ण सर्वपको अपमान र जनयुद्धको जगमा प्राप्त उपलब्धी माथी धावा बोलेको अनुभूति अखिल क्रान्तीकारीकालागि भएको उल्लेख गरेको छ ।

पठन पाठन तत्काल सुचारु गराउन माग समेत गरिएको छ । मागको बेवास्था गरे थप आन्दोलन गर्ने उल्लेख गर्दै अनेरास्वीयू क्रान्तीकाले क्याम्पस प्रमुखको राजिनामा समेत मागेको छ ।

फागुन १ गते जनयुद्ध दिबसको सन्र्दभमा क्याम्पस प्रमुख रामचन्द्र दुवाडीले सरकारले बिदा दिएको सन्र्दभमा असन्तुष्टी जनाउँदै सामाजिक सञ्जालमा टिप्पणी गरेका थिए । उक्त विषयलाई लिएर अखिल क्रान्तीकारी द्रब्यशाह ईकाईका अध्यक्ष अनिष अर्यालको नेतृत्वमा एक टोलीले क्याम्पस प्रमुखलाई कार्यकक्षमै कुटपिट एवं तोडफोड गरेको आरोप क्याम्पसको छ ।

उक्त विषयपछि क्याम्पस प्रमुख दुवाडीले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । स्वतन्त्र विद्यार्थी युनियन द्रब्यशाह बहुमुखी क्याम्पसले घटनामा संलग्नलाई कारवाहीको माग गर्दै शुक्रवार पठन पाठन बन्द गराएको छ ।

प्रतिक्रिया दिनुहोस्