| आइतवार, कार्तिक २९, २०८३

समयमै उपचार नपाएपछि अस्ताए गुरुङ

समयमै उपचार नपाएपछि अस्ताए गुरुङ

अश्विन दानी । पैसाको अभावले उपचारमा ढिलाई भएपछि बारपाक सुलिकोट गाउँपालिका वडा नं ४ खारुङ्गका गोठे गुरुङको मृत्यु भएको छ । तीन बर्षदेखि रोग पालेर बसेका गुरुङ्गलाई ‘गोठे गुरुङ्ग बाबु छोरी बचाऊ’ अभियानकर्ताहरुले उपचार गर्न काठमाण्डौँ लगेपनि प्रयास असम्भव भएको थियो । चिकित्सकहरुले उपचार गरेर नलाग्ने बताएपछि अभियानकर्ता हरुले सोमबार गुरुङ्गलाई उनकै घरमा फर्काएका थिए ।

तर, घर नगुग्दै चनौटे भन्ने ठाउँमा उनको मृत्यु भएको अभियान कर्ता निरुता तामाङले जानकारी दिए ।
उनको श्रीमती दाउरीमाया , जेठी छोरी कृपा र कान्छी छोरी बिमाया गुरुङ थिए । श्रीमती पहिल्यै देखि अर्धचेत खासै अरुको कुरा राम्ररी नबुझ्ने खालकी थिइन् । गुरुङ्ग दिनभरि मेलापात र ज्याला मजदुरी गरेर घरमा हरेक साँझ बिहान चुलो बाल्ने बिमायाका फुपाजु श्याम गुरुङले बताए । ‘गाउँ घरमा कुटो, कोदालो खेलाएर परिवारमा दुखको छायाँसम्म पर्न दिँदैनथे’ उनलेले भने ‘तर, जब २०७२ सालको भुकम्पले उनको घर पनि भत्काइदियो, तब उनको जीवनमा दुखको बज्रपात सुरु हुन थाल्यो ।’ उनलाई नशा सम्बन्धी रोगले च्याप्न थालेर कम्मरबाट मुनिका सबै अंग चल्न छाडेका श्यामले बताए । ‘यतिसम्म कि उनलाई शौचालय समेत अरु कसैले लगिदिनुपर्ने भयो’ उनले भने ‘त्यसपछि जेठी छोरीले पनि आँखा देख्न छाडिन् । कान्छी छोरीको श्रीमान् बिते । दुबै छोरीलाई घरमा हेला गर्न थालेपछि उनीहरु पनि माईतीमै आएर बस्न थाले ।’
शुक्रबार मात्रै ‘गोठे गुरुङ्ग बाबु छोरी बचाऊ’ अभियानकर्ताले बाबु गोठे र छोरी कृपाको उपचारका लागि काठमाण्डौँ लगेका थिए । अब बाबु र दिदीले उपचार पाएर निको हुने खुसीले रमाएकी बिमाया मुर्छा पर्दै रोईरहेकी बिमायाको फुपाजु श्याम गुरुङले बताए ।
‘मैले अन्तिम पटक उहाँको अनुहार पनि हेर्न पाइन’ बिमायाकी फुपाजु गुरुङले भने ‘मैले उपचार गराउन नसकेपनि गाउँकै अरुले पैसा उठाएरै भएपनि उपचार गर्न काठमाडौँ लगेका थिए । अब त दाजुले उपचार पाउने भए भनेर हामी सबै खुसी थियौँ’ आँसु पुछ्दै उनले थपे ‘दैवको लिला आखिर कस्ले पो जान्दो रहेछ र । सारै मजाका मान्छे थिए । तर, आज परलोक जानु भयो ।’ बाबु छोरीको उपचार गरेर उनीहरुलाई निको बनाएर घर फर्काउने सपना बोकेका देश बिदेशमा रहेका सबै अभियानकर्ता मात्रै नभई अहिले गोठेको पुरै गाउँ शोकाकूल छ ।
‘हामीले चाहेर पनि गोठेलाई बचमउा सकेनौँ’ अभियानकर्ता तामाङले भनिनु ‘हामीले उनलाई काठमाण्डौँबाट घर लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भयो ।’
गोठेलाई बचाउन नसकेपनि उनकी जेठी छोरीलाई भने अभियानकर्ता हरुले काठमाडौँमा उपचार गराई रहेका छन् । बाबुलाई बचाउन नसकेपनि छोरीको सबै उपचार निरन्तर गरिरहने अभियान कर्ताहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्