| आइतवार, कार्तिक २९, २०८३

गोरखामा जिप व्यबसायीको दादागिरी ः चढ्यो कि हजार !

गोरखामा जिप व्यबसायीको दादागिरी ः चढ्यो कि हजार !

हिउँदयाममा फ्याट्टफुट्ट चल्ने ग्रामिण कच्ची सडकमा जिपको दादागिरी बर्खायाम लागेसँगै सुरु भएको छ । रुटपर्मिट नभएका ति जीपहरु विना अबरोध निर्धक्क जिल्लाको भच्चेक, भालुस्वाँरा सडक क्षेत्रमा गुड्छन् । विशेष गरी १२ किलो क्षेत्रबाट जीपहरु ग्रामिण सडकका लागि छुट्ने गर्छन । ति रुटमा हिउँदयाममा मात्र ठुला बसहरु चल्ने गर्छन ।
‘जेठ लाग्दैमा बस चल्न छोडेको’ चित्रेपोखरी जान लागेकी सुनमाया गुरुङले भनिन् ‘बस नचलेपनि घर जानै प¥यो । आउँदा पनि यै जीपमा आको, अब जाँदा पनि त्यसैमा जान लागेको । भाडा हजार भनेको छ । हजार नदिने भए ओर्लनुस अरु जान्छ भन्छ अनि हजार दियो गयो ।’ १२ किलो देखि भच्चेक सम्मको दुरी ४० किलोमिटर मात्रै छ ।
केही दिन यता परेको अबिरल वर्षापछि बाह्रकिलो बजारदेखि छुट्ने छोप्राक, चित्रेपोखरी, थालाजुङ, भच्चेक, चनौटो जौबारी लगायतका क्षेत्रमा जीप वालाहरुको मनोमानी बढेको हो । भच्चेक जानका लागि हिँडेका रामशरण अधिकारीले ती क्षेत्रमा चल्ने जीपमा चढ्ने वित्तिकै एक हजार रुपैँया भाडा तिर्नुपर्ने बाध्यता रहेको बताए । ‘चढ्ने वित्तिकै एक हजार तिर्नुपर्छ नत्र जान पाइँदैन’ उनले भने ‘१२ किलोमा प्रहरी, टूाफिककै अगाडी एक हजार भाडा तिर्दा देखे पनि नदेखेको जस्तो गर्छन । यिनै टूाफिकले भच्चेक जाने हो भने उता तल जीप छ जानु भनेर मान्छे समेत खोज्दीन्छन् ।’ १२ किलोमा चोक भन्दा ५० मिटर तल खोँचमा जीपहरु पार्किङ गरेर राख्ने गरिएको छ ।
यातायात ब्यवसायी संघ गोरखाले हिउँदयाममा भच्चेक जानका लागि गोरखा बजार देखि नै दुई सय ६० रुपैँया भाडा लिने गर्छ । रातो नम्बर प्लेट रहेका जीपहरुले विना अनुमति प्रहरीकै अगाडी एउटा जीपमा १० जना सम्म यात्रु कोचेर ल्याउने लैजाने गरिरहेको छ ।
बर्खा लागेसँगै कच्ची सडकमा गुढ्ने सार्बजानिक बसहरु थन्किएपछि जिपहरुको मनोमानी बढेको हो । यातायातको अन्य बिकल्प नभए पछि जोखिमयुक्त भए पनि जिपको यात्रा गर्न बाध्य भएका यात्रुहरुले भाडादर भने साह्रै बढी भएको गुनासो गरेका छन् । ‘यस्तो बाटो छ, पाँचसयसम्म त ठिकै हा,े तर हजार÷हजार भन्छ’ अधिकारीले भने । यसरी जिप व्यवसायीहरुले यात्रुको प्रतिक्षामा बसिरहेका भेटिन्छन् । जिल्ला टूाफिक कार्यालय गोरखाका प्रमुख दयाराम पौडेलले भने यात्रु ठगिएको जानकारी पाए कारबाही गर्ने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्