
पालुङ्टारमा एमाले र जसपा बीच चुनावी गठबन्धन
गोरखाको पालुङ्टार नगरपालिकामा जनता समाजवादी पार्टी र नेकपा एमाले बीच चुनावी तालमेल भएको छ ।
दुवै पार्टीको जिल्ला समितिले मंगलबार विज्ञप्ति जारी गरी दुई पार्टी बीच मेयर, उपमेयर तथा वडाहरुमा तालमेल गरेको जानकारी गराएका हुन् ।
नेकपा एमालेका जिल्ला अध्यक्ष प्रेम गुरुङ र जसपा गोरखाका अध्यक्ष यानप्रसाद भट्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा मेयरमा जसपाका प्रेम गुरुङलाई एमालेले सघाउने र उपमेयरमा एमालेकी पार्वती पाठकलाई जसपाले सघाउने निर्णय भएको उल्लेख छ ।
त्यस्तै वडा नं. ४ र ५ मा एमालेले जसपालाई सघाउने र वडा नं. ६, ७ र १० मा एमालेलाई जसपाले सघाउने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ । अन्य वडामा आपसी सहमतिमा अघि बढ्ने उल्लेख गरिएको छ ।




