
दरौँदीका सम्पादक शिव उप्रेती सम्मानित
दरौँदी ः गोरखाकै पहिलो समाचार मुलक दैनिक पत्रिका दरौँदी दैनिक पत्रिकाका सम्पादक शिव उप्रेती सम्मानित भएका छन् । मनास्लु क्षेत्रको चुम कल्याण समितिले पत्रकारितामार्फत उल्लेखनीय योगदान दिएको भन्दै उप्रेतीलार्इ सम्मानित गरेको हो ।
शनिबार राजधानीमा आयोजित कार्यक्रममा पर्यटन मन्त्री रविन्द्र अधिकारीले उप्रेतीलाई सम्मान गरेका हुन् । सो अवसरमा चुम कल्याण समितिले सगरमाथा आरोही फुञ्जो लामा र पूर्णिमा श्रेष्ठलाई अभिनन्दन गरको छ । मन्त्री अधिकारी र समितिका अध्यक्ष निमा लामाले तीनैजनालाई प्रमाणपत्र र दोसल्ला ओढाई सम्मान गरेका थिए ।
चुम उपत्यकाको प्रतिनिधित्व गर्दै सगरमाथा अारोहण गर्ने पहिलो अारोही फुञ्जो लामालाई अभिनन्दन गरिएको छ । चुम कल्याण समितिले अायोजना गरेको एक समारोहमा पर्यटन मन्त्री रवीन्द्र अधिकारीले लामालाई दोसल्ला अोढाएर र तम्रपत्र प्रदान गरी अभिनन्दन गरेका हुन् । लामा साविक छेकम्पार गाविसकी हुन् ।उनले यसअघि ल्होत्से मनासलु चोयु र डेनाली हिमाल अारोहण गरिसकेकी छन् । सोही अवसरमा सगरमाथा अारोही गोरखा अारुघाट निवासी फोटो पत्रकार पुर्णिमा श्रेष्ठलाई पनि सम्मान गरिएको छ ।गोरखा घर भएका सगरमाथा अारोहीहरू लाप्राकका ईमान गुरूङ पुरबहादुर गुरूङ सिङ्लाका देशबहादुर गुरूङ र स्वाराका अनुप श्रेष्ठलाई पनि सम्मान गरिएको छ ।




