
गोरखामा मंगलबार २५ जना डिस्चार्ज, नौ जना संक्रमित थपिए
गोरखामा मंगलबार नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय गोरखाका अनुसार दुई जना महिला र सात जना पुरुष गरी नौ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
एन्टिजेन परीक्षणको क्रममा ३१ जनाको रिपोर्ट प्राप्त भएमध्य नौ जनालाई कोरोना संक्रमण पुष्टि भएको कार्यालय फोकल पर्सन नारायणबाबु अर्यालले बताए ।
योसँगै जिल्लामा हाल कोरोनाको सक्रिय संक्रमितको संख्या ५४ मा झरेको छ । पछिल्लो समयमा देशभर कोरोना संक्रमणको दर सामान्य अवस्थामा आउन थालेसँगै गोरखामा पनि कोरोना संक्रमितको संख्या घटन् थालेका छन् । गण्डकी, बारपाक सुलिकोट, सिरानचोक र धार्चे गाउँपालिका कोरोनाको संक्रिय संक्रमितको संख्या सुन्य रहेको बताइएको छ ।
गोरखा नगरपालिकामा १२ जना, पालुङटारमा ३ जना, भीमसेन थापामा ६ जना, शहिदलखनमा ५ जना, अजिरकोटमा ५ जना, आरुघाटमा ७ जना र चुमनुब्रीमा १६ जना कोरोनाको सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।




