
काम हुनु त रिचेत खोला जलविद्युत झैँ
नेपालका विकास निर्माणको काम अति सुस्त हुन्छ भनिन्छ । सुस्त कामका कारण देशको विकास पनि सुस्त भएको भनेर तर्क गर्न कठिनाइ छैन ।
बूढीगण्डकी जलविद्युत आयोजनाकै बिषयमा चर्चा गर्दा यो आयोजनाको अवधारणा झण्डै ४० बर्षअघिबाट विकास भएको हो । जब २०६९ सासलमा बाबुराम भट्टराई प्रधानमन्त्री बने, तब यसको पुनर्चर्चा भएको मानिन्छ । पुनर्चर्चा भएको र विकास समिति गठन भएको पनि आठबर्ष बितिसकेको छ तर आयोजनाको जग खनिएको छैन । आठबर्षभित्र निर्माण सम्पन्न हुने भनिएको सो आयोजनाको अहिलेसम्म जग पनि नखनिएको हो । किनभने यो सरकारी आयोजना हो ।
पाँच मेगावाटको मात्र रहेको रिचेतखोला जलविद्युत आयोजना भने निर्धारित समयमै काम सम्पन्न भएको छ । मान्बु र काशिगाउँको बीच भएर बग्ने सो खोलाबाट गत साउन महिनादेखि नै व्यवसायिक रुपमा विद्युत उत्पादन सुरु भएको हो । यसअघि सञ्चालित ९० किलोवाटको जलविद्युत आयोजना नष्ट गरेर त्यहाँ रिचेतखोला जलविद्युत कम्पनी(नीजि)ले पाँच मेगावाट क्षमताको विद्युत उत्पादन गरेर काशिगाउँलेलाई ३० बर्षसम्म निशुल्क विद्युत प्रदान गर्ने सहमति गरिसकेको छ ।
आयोजना ९८ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको हो । यदि यही काम सरकारले गरेको भए कम्तिमा १५ बर्ष लगाउने थियो । त्यही आयोजनाले नेतालाई गाडी, क्वार्टर दिँदादिँदै, कर्मचारीको छोरानातिसम्मलाई पुग्ने गरी कमिशन लिँदालिँदै लागत बढेर पाँच दोब्बर भइसकेको हुने थियो ।
नेपालको विकासको मोडल यही अभ्यासमा भइरहेको छ ।
तर रिचेत खोला जलविद्युत कम्पनीले जनप्रतिनिधिसित पनि त्यति धेरै सम्पर्क, सम्बन्ध नगरी, मिडिया तथा स्थानीय डनहरुसित सम्बन्ध सम्पर्क नगरी काम मात्र खरायो गतिमा ग¥यो । जसले गर्दा त्यहाँ काम सम्पन्न्न भएको छ महिनापछि मात्र समाचार प्रकाशित भयो ।
त्यसैले काम हुनु त रिचेत खोला जलविद्युत आयोजनाको झैँ भन्न उपयुक्त लाग्यो ।




