
गोरखामा प्रशासन र ठेकेदारको जुहारी !
नदीजन्य निर्माण सामाग्री पर्याप्त भएर जिल्ला बाहिर निर्यात भइरहेका बेला काम नगर्ने निर्माण ब्यवसायीहरुले भने निर्माण सामाग्री पर्याप्त नभएको र कर्मचारी को रबैयाका कारण काम ढिला भएको तर्क गरेका छन् ।
बुधबार जिल्ला प्रशासन कार्यालय मा निर्माण ब्यवसायीसँगको छलफलमा प्रमुख जिल्ला अधि कारीको प्रश्न थियो ‘तपाईँहरुले किन समयमै काम सम्पन्न गर्न नसकेको ?’गोरखाका विभिन्न विकास निर्माणको काम अलपत्र पर्ने निर्माण कम्पनीका मालिक तथा प्रतिनिधिले कच्चापदार्थ चेनवाला डोजरले झिक्न नपाएको कारणले निर्माण ढिलो भएको गैर जिम्मेवार उत्तर दिए ।
११ किलो छेपेटार, भालुस्वाँरा, बारपाक सडक खण्डको २२ देखि ३० किलो मिटर खण्डको निर्माणको जिम्मा पाएका लोहनी एण्ड ब्रदर्सका प्रोपाइटर खोपनिधी लोहनीले सडक बनाउने गिटी बालुवा चेनवाला डोजर लगाएर झिक्न पाउनु पर्ने तर्क गरे। ‘चेन वाला डोजर लगाउन पाउनु प¥यो’ उनले भने ‘ठेक्का लगाउँदा सरकारले बर्खायाममा झिक्न नपाउने समय पनि हामीले काम गर्ने अबधी राखेको हुन्छ । त्यतिबेला हामीले केही काम गर्नै पाएका हुदैनौँ ।
बर्खायाममा पनि नदिजन्य पदार्थ भिक्न पाउनु प¥यो ।’ लोहनीको लोहनी ब्रदर्स जिल्लामा काम नगर्ने र आयोजनाको निर्माण अबधीको म्याद थपेर आलटाल गर्ने मध्येको एक कम्पनी हो ।
एक्साभेटर खोलामा लगाउने तर्क सुनेर प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले भने ‘चेनवाला डोजर कुनै हालतमा हाल्न पाइँदैन दिँदैनौँ ।’ कानुन बिपरित जानेलाई गोरखा प्रशासनले कारबाही गरेरै छोड्ने बताए । ‘यस अघि नै निर्णय भएको भएर आगामी जेठ मसान्त सम्म चेनवाला होइन जेसीबी प्रयोग गरेर नियम अनुसार उत्खनन् गर्नुस्’ उनले भने ‘गोरखामा कुन कम्पनीले जिम्मा लिएका संरचनाको कार्यप्रगती कस्तो छ मसँगै लिस्ट छ नी । अहिले अनेक बाहना बनाएर डोजर लगाएर कच्चा पदार्थ झिक्न नपाएकोले काम ढिलो भयो भनेर उम्कन पाइँदैन ।’ उनका अनुसार समयमै काम सम्पन्न नगर्ने ठेकेदार तथा कम्पनीलाई हदै सम्मको कडा कारबाही गर्ने तयारी प्रशासनले गरेको छ ।
लोहनीले केही दिन अघि प्रजिअ भट्टराई मार्फत चेनवाला डोजर लगाउन पाउँ भनेर पत्र लेखि आग्रह गरेपनि प्रजिअले स्वीकृती दिएका थिएनन् ।
आरुघाट देखि दरौँदी सम्म मध्ये पहाडी लोकमार्गको सडकको कामको जिम्मा लिएका सूर्य बहादुर खड्काले असार, साउन ता भदौको महिनामा पनि नदिजन्य पदार्थ झिक्न पाउनुपर्ने माग गरे ।
गोरखाका अर्का निर्माण ब्यवसायी चन्दनबाबु खत्रीले जिल्ला समन्वय अधिकारी नारायण प्रसाद आचार्यको गतिविधिले गर्दा गोरखाले समस्या ब्यहोरिरहनु परेको बताए ।
‘एलडिओसापले कुरा घुमाउनु भएकै हो’ प्रजिअलाई ध्यानाकर्षण गराउँदै खत्रीले भने ‘तपाईँ तालुकदार अड्डाको प्रमुख हुनुहुन्छ कहाँ के के भएको छ अध्ययन गर्नुस् ।’ समन्वय अधिकारीले घाटगद्दी नगरी जथाभावी नदीजन्य सामग्री ओसापसार गर्ने वातावरण बनाइरहेको उनको तर्क थियो । जिल्ला समन्वय अधिकारीले घाटगद्धी गरी विक्रि गर्नेहरुलाई छोडेको भन्दै उनले आक्रोस पोखे । ‘ठेक्का लागेको ठाउँमा, आइइ गरेर झिक्न पाउने जति झिकेर घाटगद्धि गर्नुस्’ निर्माण ब्यवसायी उत्तम भट्टले भने ‘त्यै घाटगद्धि गरेको ठाउँबाट हामीलाई चाहिएजति विक्रि गर्ने ब्यवस्था गर्नुस न हामी किनेर लैजान्छौँ भन्दा पनि नपाउने ।
अनि काम गरेन भने मात्रै कराउने ?’समन्वय अधिकारी नारायण प्रसाद आचार्यले भने नियमानुसार काम भइरहेको भनेर पन्छिए । त्यस्तै प्रहरी प्रमुख एसपी बिमल बस्नेतले कानुन विपरित काम गर्ने कोहीकसैलाई गोरखा प्रहरीले नछाड्ने दोहो¥याए । ‘विकास निर्माणको जिम्मा लिएपछि पुरा गर्नुप¥यो नी’ बस्नेतले भने ‘काम पुरा नगर्नेले ठेक्का किन लगाउने ? अहिले आएर यसो भएन उसो भएन भनेर पन्छिन पाइँदैन ।’ जिल्ला प्रशासन तथा प्रहरीले जिल्लामा काम अलपत्र पार्ने १०५ ठेकेदारहरुको तथ्याङ्क समेत लिइसकेको छ ।




