| शनिबार, कार्तिक २८, २०८३

शहीदलखन ८ को वडा कार्यलय आफ्नै भवनमा

गोरखाको शहिदलखन गाउँपालिका वडा नं ८ ले आइतबारदेखि आफ्नै भवनबाट सेवा सुरु गरेको छ । गाउँपालिकाको ५० लाखको लगानीमा निर्माण भएको नयाँ भबनबाट सेवा सुरु गरिएको वडा अध्यक्ष काशिनाथ अम्गाईले बताए ।

नव –निर्मित भवनको आइतबार एक कार्यक्रमका बिच शहिदलखन गाउँपालिका अध्यक्ष रमेश थापा मगरले उद्घाटन गरेका हुन् । यस अघि उक्त वडाले साबिकको बुङकोट गाविसको भवनबाट सेवा दिँदै आएको थियो । अहिले बनेको भवन भुकम्प प्रतिरोधी र सुबिधा सम्पन्न रहेको वडा अध्यक्ष अंगाईले बताए । वडा कार्यलय रहेको ठाउँमा सडक सुविधा सहज छ तर खानेपानीको भने समस्या छ ।

भबन उद्घाटन कार्यक्रममा आईतवार गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारी, प्रमुख प्रशासकिय अधिकृत जिबनबहादुर आले मगर लगायत अन्य जनप्रतिनिधिको समेत उपस्थिती रहेको थियो । नयाँ बनेको भबनबाट वडाबासीलाई अझै सहज सेवा दिन सकिने वडा अध्यक्ष अम्गाईले बताए ।

प्रतिक्रिया दिनुहोस्