| शनिबार, कार्तिक २८, २०८३

गोरखा भित्र सार्वजनीक यातायात चलाउन पाउनुपर्ने ब्यवशायीको माग

गोरखाका यातायात ब्यवशायीहरुले जिल्ला भित्र सार्वजनीक भाडाका यात्रुबाहक सवारी साधन चलाउन माग गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईलाई बिहिवार ज्ञापन पत्र बुझाउँदै ब्यवशायीले उद्योग कलकारखाना, ब्यापार ब्यवशायहरु कोभिड नियन्त्रणमा  सावधानी अपनाएर संचालन गरेजस्तै यातायात ब्यवशायी पनि तयार रहेको बताएका हुन् ।

यातायात संचालनमा नआउँदा हरेक मजदुरको रोजीरोटी खोसिएको गुनासो ब्यबशायीको छ । कालो प्लेटका सवारी साधन नचल्दा रातो प्लटेका सवारी साधनले यात्रु खचाखच बोकेको बताउँदै ब्यवशायीले छिमेकी जिल्लाहरु सँग समन्वय गरी सिधा दुई जिल्लाबिच यातयात संचालन गर्ने ब्यवस्था गरिदिन पनि ब्यवशायीले माग गरेका छन् ।

गोरखा दरौँदी यातायात प्रालि, पृथ्वीराजमार्ग बस संचालक कम्पनी प्रालि, गोरखा मनकामना यातायात सेवा प्रालि, कालिका यातायात प्रालिले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्