
गोरखाका सिडिओको एक महिना : कोरोना रोकथामका गतिविधिमै ब्यस्त
जिल्ला प्रशासन कार्यालयको नेतृत्व सम्हालेको एक महिने अवधीमा कोभिड १९ को नियन्त्रण र रोकथामको अभियानमा धेरै समय खर्चनु परेको गोरखाका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले बताएका छन् ।
एक महिनाको अवधिमा गोरखामा गरेका गतिविधिको बारे जानकारी गराउँदै उनले अहिलेको अवस्थामा कोरोना रोकथाम तथा नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गर्नुको बिकल्प नरहेको बताए ।
पत्रकार सम्मेलनमा उनले पेश गरेको एक महिने फेहरिस्तामा अधिकांश समय बैठकमा ब्यस्त रहेको देखिन्छ । जिल्ला स्तरीय कोभिड १९ संकट ब्यवस्थापन केन्द्र र सुरक्षा समितिको ८\८ वटा बैठक, आईशोलेसन निरीक्षण, ब्यवस्थापनमा उनको ध्यान केन्द्रित भयो ।
‘विपद् ब्यवस्थापनतर्फ पनि म आएपछिको एक महिनामा पिडितलाई चार लाख रुपैयाँ राहत बितरण गरेको छु’ आफुले गरेको काम बारे जानकारी दिँदै उनले भने । घर पहिरोको जोखिममा परेका, पुरिएर मृत्यू भएका, आगलागी भएकाहरुलाई उनले राहत बितरण गरेका थिए ।
चार वटा स्थानीय तहसँगको बैठक, राजनीतिक दलका शिर्ष नेता एवं पूर्व मन्त्रीहरुसँगको बैठक र जिल्लाका बिभिन्न ठाउँको अनुगमन गरेको प्रजिअ भट्टराईले बताए ।
प्रहरी चौकीहरुको अनुगमन, बूढीगण्डकी डुबानमा पर्ने क्षेत्रको अनुगमन, बिभिन्न ठाउँमा स्थानीय तहहरुको भ्रमण पनि उनले गरे । ‘जिल्ला भित्रने नाकामा कडाई र पिसिआर जाँच बढाएका छौँ’ प्रजिअ भट्टराईले भने ।




