
२५ सय टन मल बिरगञ्ज आईपुग्यो, सहकारीले आजदेखि लिन सक्ने
तीन महिना देखि रोकिएको रसायनिक मल बिरगञ्ज आई पुगेको छ । मल बिक्री गर्न अनुमती प्राप्त सहकारीले सम्पर्क गरेर आजदेखि मल ल्याउन सक्नेछन् ।
लकडाउनको कारण करिब तीन महिनादेखि भारतको कलकत्तामा अड्किएर रहेको २५ सय टन रासायनिक युरिया मल वीरगञ्जको सुख्खा बन्दरगाहमा आइपुगेको छ ।
युरिया मलको अभावमा किसानहरू छटपटिइरहेको बेला साल्ट ट्रेडिङ कर्पोरेसनको मल मङ्गलबार राति वीरगञ्ज आइपुगेको हो । शुक्रबारदेखि किसानलाई मल वितरण गर्ने लक्ष्य साल्ट ट्रेडिङ कर्पोरेसनले लिएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेसन वीरगञ्जका प्रमुख अमोज लामिछानेले २५ सय टन युरिया मल मङ्गलबार राति सिर्सिया सुख्खा बन्दरगाहमा आइपुगेको बताउँदै वीरगञ्ज आइपुगेको उक्त मललाई केन्द्रको निर्देशनअनुसार बितरण गर्ने बताए ।




