
चितवन जिल्लामा भदौ १२ सम्म निषेधाज्ञा
दराैँदी समाचारदाताः जिल्ला प्रशासन कार्यालय चितवनमो भदौ १२ गते सम्मका लागि निषेधाज्ञा लम्ब्याएको छ । चितवनमा संक्रमितको संख्या धेरै हुन थालेपछि जिल्ला प्रशासन कार्यालयमा शुक्रवार बसेको बैठकले निषेधाज्ञा लब्याउने निणर्य गरेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।
यस अघि चितवनमा छ वटा पालिकामा मात्रै निषेधाज्ञा गरिएको थियो । यो पटक भने जिल्लाभरका सबै पालिकामा निषेधाज्ञा लागु हुने सहायक प्रजिअ शर्माले बताए ।




