
बिगतमा जस्तो छैन गोरखामा तिजको रमझम
आज हरितालिका तिज । आजको दिन बिभिन्न ठाउँका मठ मन्दिर, शिवालयमा बिहान सवेरै देखि भक्तजनहरुको भिड लाग्ने गथ्र्यो । अघिल्लो दिन दर खाएर आज ब्रत बस्ने महिलाहरु मठ मन्दिर गएर पुजापाठ गर्ने गर्छन ।
गोरखा सदरमुकाममा आजको दिन तिज विषेश कार्यक्रम हुने गथ्र्यो । यस वर्ष कोरोना प्रभावका कारण तिजको रौनक हराएको छ । गोरखा सदरमुकामको महादेव मन्दिरमा महिलाहरुको भिड हुन्थ्यो । यस पटक भने बिगतभन्दा मानिसको चाप कम देखिएको छ ।
टोलटोलमा समुह÷समुहमा गित गाउने, नाच्ने, दर खाने गरेर तिज मनाउने क्रम यस पटक भने देखिएन । संघ संस्थाले गर्ने तिजगित प्रतियोगिता पनि भएको छैन । कोरोना त्रासले मानिस घर भित्रै छन ।
रातो पहिरनमा सजिएर फाट्ट फुट्ट महिलाहरु पुजापाठ, सानो समुहमा भेटघाट भने गरिरहेका छन । जिल्ला प्रशासन कार्यालय गोरखाले भिडभाड नगर्न, जमघट गरेर तिज नमनाउन अनुरोध गर्दै आएको छ ।




