
मसेलबाट चोरी भएको २ वटा खसी गोरखा बजारमा भेटियो
गोरखाको भिमसेन थापा गाउँपालिका १ मसेलबाट गएराती चोरी भएको दुईवटा खसी गोरखा सदरमुकाममा भेटिएको छ ।
१०\११ धार्नीको खसी चोरी भएपछि खसीधनी भगवान बानियाँले गोरखा सदरमुकाममा रहेका आफन्तलाई जानकारी गराएका थिए ।
गोरखा सदरमुकामको शक्तिचोकमा बानियाँले भनेजस्तै खसी भेटिएपछि चोरी भएको खसी प्रहरीले नियन्त्रणमा लिएको हो ।
एक ब्यक्तिले आफुले उक्त खसी किनेर ल्याएको भन्दै डो¥याएर हिँडेको अवस्थामा खसी भेटिएको थियो । खसी चोरी गर्ने अजिरकोट गाउँपालिका १ का खेतमान गुरुङ, खसि किन्ने गोरखा बजारमा ब्यापार गर्दै आएका सुधम गुप्ता र दिननाथ शाहीलाई पक्राउ गरि कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका एसपी सुरेन्द गुरुङले बताए ।




