| शनिबार, कार्तिक २८, २०८३

क्यान्टिलिभर पुलमा ढुङ्गा खस्दा आउजाउ गर्नेलाई जोखिम बढ्यो

गोरखाको चुमनुब्री गाउँपालिका ६ सर्दिभिरमा निर्माण गरिएको क्यान्टिलिभर पुलमा क्षती पुगेको छ ।

पुल माथिबाट ढुङ्गा खस्दा पुलमा बारिएको जाली च्यातिएको स्थानीय सेराप गुरुङले बताए । पुलमा नदी तर्फ भिरको जाली च्यातिएपछि हिडडुल गर्दा सर्वसाधारणलाई त्रास बढेको छ ।

वडा अध्यक्ष लोप्साङ लामाले पुलमा ढुङ्गा खसेको तर हिडडुल गर्न समस्या नभएको बताए ।

खच्चड र मानिस आउजाउ गरिरहेको बताउँदै उनले वर्षातको समय भएकाले माथिबाट खस्ने ढुङ्गाले समान्य क्षती पु¥याएको बताए ।

प्रतिक्रिया दिनुहोस्