| शनिबार, कार्तिक २८, २०८३

यातायात मजदुरको पिसिआर जाँच गर्न माग गर्दै सिडियोलाई ज्ञापन पत्र

दराैँदी समाचारदाताः यातायात क्षेत्रमा काम गर्ने चालक, सहचालक मजदुरहरुको पिसिआर जाँच गर्न माग गर्दै गोरखाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन नगर कमिटि गोरखाका सचिव शिव पोखरेलले प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईलाई बिहिवार ज्ञापन पत्र बुझाएका हुन् ।

गोरखाका केही ठाउँमा समुदाय स्तरमा कोरोना फैलिएको गुनासो आएकाले मजदुरहरुको पनि कोरोना परीक्षण गर्न माग गरिएको उनले बताए । अहिले गोरखामा सार्वजनीक यातायात चलेकाले धेरै सर्वसाधारण मानिस सँग यातायात मजदुरको भेटघाट हुने हुँदा जोखिम न्यूनिकरणका लागि पनि कोरोना जाँच गर्नुपर्ने मजदुरहरुले बताएका छन् । सार्वजनीक सवारीमा यात्रुले अनिवार्य मास्क प्रयोग नगर्ने, मजदुरले खचाखच यात्रु समान्य अवस्थामा जस्तो बोक्ने प्रवृत्ती बढ्दो छ । ज्ञापन पत्र बुझेपछि प्रजिअ भट्टराईले स्वास्थ्य कार्यालय सँग समन्वय गरेर चेकजाँचको ब्यवस्था गर्ने आश्वासन दिए ।

प्रतिक्रिया दिनुहोस्