| शनिबार, कार्तिक २८, २०८३

ब्यवशायी मास्केद्वारा नाफाको ५ प्रतिशत मानव सेवा आश्रमलाई सहयोग

आफ्नो जन्मदिनको अवसर पारेर गोरखा नगरपालिका वडा नम्बर ६ निबासी सित्तलकाजी मास्केले ब्यवशायबाट कमाइ भएको ५% मानव सेवा आश्रम गोरखालाई सहयोग गरेका छन् ।
लामो समय देखि गोरखामा पेट्रोल, डिजेल बिक्रीको काम गर्दै आएका मास्केले कलश आयल स्टोर्सबाट एक लाख १६ हजार छ सय ७० रुपैँया र मनास्लु ट्रेड एण्ड इन्टरप्राइरेज बाट ७२ हजार नौ सय १० रुपैँयाको चेक आश्रमलाई दिएका हुन् । असार मसान्त भित्रै दिने योजना बनाएपनि कोभिड–१९ का कारण कुनै पनि कार्यक्रम गर्न नपाएर दिन नसकेको उनले बताए ।
यस अघि नै उनले आश्रमलाई वार्षिक रुपमा नाफा भएको रकमको ५ प्रतिशत दिने घोषणा गरेका थिए । सहयोगलाई निरन्तरता दिने मास्केले बताएका छन् । मानव सेवा आश्रमले २०७३ चैत ५ बाट गोरखामा सेवा सुरु गरेको हो । आश्रममा अहिले २५ जना बालवालिका रहेका छन् । आश्रमले उनीहरुको पालन पोषण, पढाई लेखाईको जिम्म लिँदै आएको छ । बिभिन्न समयमा स्थानीय तह, संघ संस्था र ब्यक्तिहरुको सहयोगले आश्रम संचालन भएको हो ।

प्रतिक्रिया दिनुहोस्