| शनिबार, कार्तिक २८, २०८३

नयाँ आएका सिडिओ भन्छन् ‘प्राथमिकता तोकेर काम गर्छु’

गोरखामा गत साता मात्रै आएका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले शान्ति सुरक्षा अमन चयन, बिकासमा सहजिकरण, भ्रष्टाचारबिरुद्ध सुन्य सहनशिलता र कानुन कार्यान्वयन आफ्नो मूख्य प्राथमिकताको विषय रहेको बताएका छन् ।
आईतबार गोरखामा क्रियाशील पत्रकारहरुसँग भेटघाट गर्ने क्रममा उनले यहाँ बस्दा आफुले गर्ने कामलाई प्राथमिकता छुट्याएर गर्ने योजना रहेको बताए । ‘मैले चारवटा विषयलाई प्राथमिकतामा राखेको छु, सोही अनुसार अघि बढ्छु’, उनले भने ।
नदीजन्य पदार्थको जथाभावी उत्खनन, चोरी नियन्त्रण, आप्रबासीको समस्याका बारेमा आफु सचेत रहेको उनले बताए । बिकास निर्माणकाका कामलाई सहजिकरण गर्न गाउँपालिका, नगरपालिका, संघ र प्रदेश मातहतका कार्यालयसँग समन्वय निरन्तर गर्ने उनले बताए ।
‘मैले कार्यालय प्रमुखहरुलाई भनिसकेको छु, कुनैपनि कार्यालयमा भष्टूाचार हुनु हुँदैन, र हुन दिन्न’ प्रजिअ भट्टराईले भने ।
केहीदिन अघि जिल्ला आएका उनी अहिले बिभिन्न संघ संस्था, राजनीतिक दलका नेता, नागरिक समाज, गैरसरकारी संस्थाहरुसँग भेटघाट तथा परामर्शको काम गरिरहेका छन् । जिल्लाको बस्तुस्थिति बुझ्ने क्रममा आफु रहेको उनले बताए । पत्रकारहरुले सुचना सहि समयमा याथार्थ उपलब्ध गराउन कन्जुस्याँई नगर्न सुझाब दिए । प्रजिअ भट्टराईले सञ्चार माध्यमको रचनात्मक सहयोगको अपेक्षा गरेको बताए ।
पत्रकार महासंघका अध्यक्ष किशोरजंग थापाले कानुन अनुसार जनमैत्री काममा पत्रकारको साथ र सहयोग रहने र कानुन बाहिरका काममा समर्थन नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्