
गाेरखा अदालतमा दुई सय ६८ मुद्दा फैसला तीन सय १३ बाँकी
दराैँदी समाचारदाताः जिल्ला अदालत गोरखामा गत वर्ष फैसला भएका भन्दा बाँकी मुद्दाको संख्या धेरै रहेको छ । असार मसान्त सम्म दर्ता भएका मध्ये दुई सय ६८ थान फैसला भएको छ भने तीन सय १३ थान मुद्धा बाँकी रहेको अदालतका श्रेस्तेदार बिनोदप्रसाद अधिकारीले बताए ।
‘कोभिड १९ को प्रभावका कारण चैत ९ गतेदेखि काम हुन सकेन’ श्रेस्तेदार अधिकारीले भने ‘त्यो भएर मुद्धा फैसला कम देखिएको हो ।’ गत वर्ष सरिआएको दुई सय ३४ र २०७६/७७ को असार मसान्त सम्म तीन सय ४७ गरी पाँच सय ८१ मुद्धा गत वर्ष रहेको थियो । यी मध्ये दुई वर्ष नाघेको तीनवटा, १८ महिना नाघेको ३४ वटा, १ वर्ष नाघेको ७६ वटा रहेको छ । फैसला हुन बाँकी मुद्धा मध्ये दुई सय दुई देवानी एक सय ९ फैजदारी, १ पुनरावेदन र एउटा रिट रहेको छ । तीन वर्ष नाघेका मुद्धा अंश/लेनदेनको देखिन्छ ।
देवानी मुद्धा मध्ये सम्बन्ध बिच्छेदको सबैभन्दा धेरै एक सय १२७ वटा दर्ता भएको छ । यी मध्ये पुरुषले दर्ता गराएको ७२ र महिलाले दर्ता गराएका २७ फैसला हुन बाँकी छ । फैसला हुन बाँकी देवानी मुद्धाको ६२ प्रतिशत सम्बन्ध बिच्छेदको मुद्धा रहेको श्रेस्तेदार अधिकारीले बताए । फैसला हुन बाँकी फैजदारी मुद्धा मध्ये जवरजस्ती करणीका ४१ मुद्धा गएको असार मसान्त सम्म जिल्ला अदालत गोरखामा दर्ता भएको थियो । यी मध्ये १९ वटा फैसला भएको र २२ वटा बाँकी रहेको छ ।
फैसला हुन बाँकी फैजदारी मुद्धाको २६ प्रतिशत देवानी मुद्धा रहेको अदालतले जनाएको छ । सर्वोच्च अदालतले एक वर्ष भन्दाबढि समयका मुद्धा बाँकी नराख्न मातहतका अदालतलाई निर्देशन दिने गरेपनि कार्यन्वयन गर्न सकेका छैनन् । वर्ष पनि गोरखा जिल्ला अदालतको मुद्धा फैसलाको दर कम थियो । यो वर्ष कोरोना प्रभावले तीन महिना काम नहुँदा फैसला कम भएको छ भने भएको फैसला कार्यन्वयन पनि कम भएको छ ।
अहिले प्रहरीले अदालतबाट सजय तोकिएकाहरुलाई खोजी गरिरहेको जनाएको छ ।




